कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

मोहन्याल  कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ पाएका छन  ।

पालिका अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई बिहिवार विशेष अदालतले सफाइ दिएको हो ।

न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा.खुशीप्रसाद थाको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो ।

गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीहरु निलम्बनमा परेका थिए । अदालतमा मुद्दा परेसँगै वर्तमान गाउँपालिका अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षको भरमा संचालन भइरहेको थियो ।

गत बैशाख १ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष स्व. नवलसिंह रावलसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा तत्कालीन गाउँपालिका उपाध्यक्ष पुजा देवी बुढामगर, वडा नम्बर १ देखि ७ सम्मका वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसमेतलाई विपक्षी बनाइएको थियो ।

वर्तमान अध्यक्ष उपाध्याय तत्कालीन अवस्थामा वडा नम्बर २ का अध्यक्ष रहेका थिए । सफाइ पाउनेमा वडा नम्बर ३ का अध्यक्ष नन्दाराम गिरी (नवीन) पनि छन् । गिरी २०७९ को स्थानीय तहमा पुनः निर्वाचित वडाध्यक्ष हुन । तर विशेष अदालतमा उनिहरु विरुद्ध मुद्दा  दायर कारण उनले पनि वडाको कामकाज गर्न पाएका थिएनन् ।

नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरणमा निर्माण व्यवसायी कम्पनी न्यु बडिमालिका निर्माण सेवा र गाउँपालिका पदाधिकारीबिच मिलेमतो भई भ्रष्टाचार भएको अख्तियारको दाबी थियो । उनीहरुले रोडा, ढुंगा बालुवा संकलनवापत ठेकेदारबाट उठाउनुपर्ने राजस्व मिनाहा गरी ५४ लाख १८ हजार रुपैंया भ्रष्टाचार गरेको अख्तियारले १३ प्रतिशत भ्याट जोडेर विगो कायम गरेको थियो ।

उनीहरुमाथि सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दोब्बर जरिवानाको मागदाबी गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार