ब्रेकिङ न्युज

Featured posts

आज जनयुद्ध दिवस: देशभर सार्वजनिक विदा

आज जनयुद्ध दिवस: देशभर सार्वजनिक विदा

काठमाडौं । आज फागुन १ गते अर्थात जनयुद्ध दिवस । आज सरकारले सोमबार जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने घोषणा गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउपालिकाको ११ औं गाउँ सभा आईतवारबाट सुरु(फोटो सहित)

बर्दगोरिया गाउपालिकाको ११ औं गाउँ सभा आईतवारबाट सुरु(फोटो सहित)

२९, माघ २०७९ बर्दगोरिया कैलाली । बर्दगोरिया गाउपालिकाको ११ औं गाउँ सभा आईतवार आज बाट सुरु भएको छ । गाउपालिका अध्यक्ष कर्ण कुँवरले पानसमा दिप प्रवज्वलन गर्दै गाउँ सभा सुरु भएको जानकारी गराएका हुन।
पुरा पढ्नुहाेस्
नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराको २३ औं शाखा अधिवेशन सम्पन्न; अध्यक्षमा पुन: जैशी

नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराको २३ औं शाखा अधिवेशन सम्पन्न; अध्यक्षमा पुन: जैशी

बर्दगोरिया कैलाली । नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधराको २३ औं शाखा अधिवेशन शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशन बाट पुनः लक्ष्मी जैशी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन । जसको उपसभापति बबिता खड्का, सचीव खडक कुवर, कोषाध्यक्ष अरुण सम्सेर राणा, उप-सचीव देव मल्ल, उप-कोषाध्यक्ष लालमणी जोशी सर्वसम्मत चयन भएका हुन । यस्तै सदस्य तर्फ महिला सदस्यमा कृष्ण कुमारी खडायत, सदस्य लिलाराम विश्वकर्मा, नेत्र राज जोशी, शिवराज गौतम, भुमि राज शर्मा सहित ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी उपशाखा दोदोधरामा हाल २ सय ३ जना सदस्य रहेको सभापति जैशीले जानकारी दिए ।
पुरा पढ्नुहाेस्
मोहन्यालमा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु

मोहन्यालमा पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु

बर्दगोरिया कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा  पालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ। प्रतियोगिताको शनिबार एक औपचारिक कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष  देवीदत्त उपाध्यक्षले उद्घाटन गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष उपाध्यायले विद्यालय स्तरमा खेलहरु बाट नै राष्ट्रिय खेलाडी हरुको उत्पादन हुने बताएका हुन । उनले खेलकुद क्षेत्रमा राज्यको चासो भएको भए पनि प्रथामिकतामा भने नपरेको उल्लेख गर्दै आफुले यसबारे आवाज उठाइ रहेको बताए । आफु पुर्व वडा अध्यक्ष भएको बेला पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको र अब पालिका अध्यक्षको हैसियतले पालिका भएका खेलाडी हरुलाई प्राथमिकतामा राख्दै खेल क्षेत्र बाट पनि पालिकालाई चिनाउने प्रयास गर्ने…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गत मङ्गलवारबाट सुरु भएको प्रतियोगिता आज शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयको सहभागीता रहेको थिए । प्रतियोगिताका अधिकांश खेल विद्यालाई वसन्त मुरारी माध्यमिक विद्यालयले कब्जा गरेको छ । १० स्वर्ण, ७ रजत र २ कास्य सहित वसन्त मुरारी प्रथम हुँदा ५ स्वर्ण र ३ कास्य सहित नोबेल एकेडेमी दोस्रो बनेको छ । यस्तै ३ स्वर्ण, ८ रजत र २ कास्य सहित कालिका मा.वि. नौनिया तृतीय बनेको छ । प्रतियोगितामा…
पुरा पढ्नुहाेस्
कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय  सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ

मोहन्याल  कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ पाएका छन  । पालिका अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई बिहिवार विशेष अदालतले सफाइ दिएको हो । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा.खुशीप्रसाद थाको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो । गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीहरु निलम्बनमा परेका थिए । अदालतमा मुद्दा परेसँगै वर्तमान गाउँपालिका अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षको भरमा संचालन भइरहेको थियो । गत बैशाख १ गते…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाह नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका नेपाली काँग्रेसका दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीवार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश सभाबाट एमालेका दलका नेता राजेन्द्रसिँह रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए। माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्य मन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएन्। सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ७, समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।
पुरा पढ्नुहाेस्
कैलालीको घोडाघोडीमा फागुन १८ गते देखि महोत्सव हुदै

कैलालीको घोडाघोडीमा फागुन १८ गते देखि महोत्सव हुदै

पदम राज ओझा / बौनिया । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव २०७९ हुने भएको छ । "कला संस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी बिकाशको आधार" भन्ने नाराका साथ संघको आयोजनामा फागुन १८ गते देखि २८ गते सम्म महोत्सव सञ्चालन गरीने महोत्सव मुल समिति संयोजक तथा घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा दत्त जोशिले पत्रकार सम्मेलनमा बताए । विश्व रामसार सुचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसारका लागी महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत…
पुरा पढ्नुहाेस्
एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

धनगढी । धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा आज भएको खेलमा बालबाटिका बिद्या मन्दिर बौनियाले बिजयी सुरुवात गरेको छ । बालबाटिकाको जितमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो । टस जितेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ८८ रन बनाउन सफल भएको थिए । बालबाटिकाका लागि यु १९ खेलाडी प्रकाश जोशिले २६ बलमा ६ चौका र ७ छक्काको मद्दतमा अबिजित…
पुरा पढ्नुहाेस्
जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

जनआन्दोलन,जनयुद्धमा घाइते तथा अपाङ्गता भएका ब्यक्तिहरुका लागि लम्कीमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम

लम्की कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा जनआन्दोलन,जनयुद्धमा घाइते भएका तथा अपाङ्गता भएका ब्यक्तिहरुला लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको छ ।लम्कीचुह नगरपालिकाको आयोजना तथा सामाजिक बिकास मन्त्रालय प्रादेशिक स्वास्थ प्रवर्द्धन केन्द्र सुदूरपश्चिम प्रदेशको आयोजनामा अपाङ्ग चेतना समाजको कार्यालय भल्कामा स्वास्थ्य प्रवर्द्धन कार्यक्रमको आयोजना गरिएको हो । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा न ५ का वडाअध्यक्ष माया बिष्ट रहेकी थिइन ।कार्यक्रमको विशिष्ट अतिथिमा अपाङ्ग चेतना समाजका अध्यक्ष प्रेम बयक रहेका थिए भने कार्यक्रममा २२ जना जनआन्दोलन, जनयुद्धमा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था जाँच तथा स्वस्थ जीवनशैलीका लागि स्वास्थ्य व्यवहार…
पुरा पढ्नुहाेस्