ब्रेकिङ न्युज

Featured posts

बर्दगोरियाका संस्थागत बिद्यालयको अनुगमन सम्पन्न ; अधिकान्स बिधालय मापदण्ड बिपरित संचालनमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिकाका उपाध्यक्ष ,सामाजिक बिकास संयोजक सहितको टोलिले पालिका भित्र संचालित संस्थागत (निजि) बिधालयहरुको अनुगमन सकेका छन ।  बिद्यार्थी भर्ना अभियान चलिरहेको बेला शिक्षा शाखाले उपाध्यक्ष गणेश राज गिरि, सामाजिक बिकास संयोजक,  प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम र शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट सहितको टोलिले अनुगमन गरेका हुन । पालिकाले सामुदायिक (सरकारी) बिधालयमा कक्षा १ देखि १० सम्म निशुल्ल शिक्षा घोषणा गरेका बेला संस्थागत बिधालयको शैक्षिक र भौतिक स्थिति बारेमा जानकारी लिन पालिकाले अनुगमन थालेको उपाध्यक्ष गणेश राज गिरिले बताए । अनुगमनका क्रममा धेरै बिधालय शैक्षिक निर्देशिकाको मापदण्ड बिपरित संचालन भएको पाईएका उपाध्यक्ष…
पुरा पढ्नुहाेस्
जन्म दिनको अवसरमा खाघान्न सहयोग

जन्म दिनको अवसरमा खाघान्न सहयोग

बैशाख २९, कैलाली । राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगर कमिटी अध्यक्ष नकुल बम ठकुरीले जन्म दिनको अवसरमा खाधान्न सहयाेग गरेका छन् । बमले लम्किचुहा नगरपालिका वडा नम्बर २ स्थित बघाैरा निवासी प्रकाश नेपालीको परिवारलाई आफ्नो जन्म दिनको अवसरमा नेपालीको निवासमै पुगेर करिब चार महिनालाई पुग्ने सहयाेग स्वरुप खाद्यान्न हस्तान्तरण गरेका हुन । बमका अनुसार जन्म दिनको नाममा गरिने फजुल खर्चका साटो सानाे भए पनि मानव सेवा गर्न पाउदा आफुलाई खुसि लागेको कुरा व्यत्त गरेका छन् । बम लम्किचुहा नगरपालिका क्षेत्रमा एक कुशल र नेतृत्वदायि क्षमता भएको युवाका रुपमा परिचित रहदै आयका छन् ।
पुरा पढ्नुहाेस्
अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

अब व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने

काठमाडौ । सरकारले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र एक पटकलाई सच्याउन मिल्ने कानुन बनाउने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा जन्म, नाम, थर वा अन्य विवरण एक पटक दर्ता भएपछि दर्ता भएको मितिले एक वर्षभित्र मात्रै सच्याउन सक्ने व्यवस्था छ । उक्त व्यवस्थालाई सरकारले परिवर्तन गरी जहिले सुकै सच्याउन सकिने गरी सम्बन्धित ऐन संशोधन गर्न लागेको हो । तर, जहिले संशोधन गर्न पाइने भए पनि एक पटक मात्रै संशोधन गर्न सकिनेछ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक २०८०’ मा यस्तो प्रस्ताव गरिएको हो ।
पुरा पढ्नुहाेस्
सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा व्यापारिक टहराहरू हटाउँदै 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारका व्यापारीहरूले स्वः स्फूर्त रुपमा टहराहरू हटाउन थालेका छन् । सुखड–भजनी सडक खण्डको मुख्य बजार सुखड चोक देखी शान्तिनगर चोक सम्मको अतिक्रमित संरचना हटाउन नगरपालिकाले २१ दिने अल्टिमेटम सहितको सूचना जारी गरे पछि व्यापारीहरू समय अभावै स्वः स्फूर्त रुपमा टहरा हटाउन लागेका हुन । आफूहरूले उक्त सडक छेउछाउमा बनाएका खोका, छाप्रा, टहरा, संरचना लगायत सबै प्रकारका अतिक्रमित संरचना हटाउन लागी परेको व्यापारीहरूले बताएका छन् । आफूहरूले खोका, छाप्रा, टहरा हटाएर स्थानीय सरकारलाई सहयोग गरेको उनिहरुको भनाई रहेको छ । नगरपालिकाले अतिक्रमित संरचना हटाउन २१ दिने अल्टिमेटम सूचना जारी गरेको थियो । साथै आफैँले उक्त संरचनाहरु…
पुरा पढ्नुहाेस्
कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

कैलालीको बर्दगोरियामा धानको बिउ वितरण कार्य शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा बर्खे धानको बिउ वितरण कार्य शुरु भएको छ । बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत आज देखि उक्त धानको विउ बितरण कार्य शुरु भएको हो । बर्खे खेती को समय नजिकए सङ्ग सोमबार आज देखि उक्त धानको बिउ वितरण कार्य शुरु गरेको बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखा अधिकृत झंकर रावतले जानकारी दिए । उनका अनुसार उक्त धानको विउ ५० प्रतिशत अनुदानमा कृषकहरुलाई वितरण गरिदै छ । उक्त धानको विउ वितरण गर्दै बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कृषक हरुलाई कुनै पनि कृषि जन्य वस्तुको कमि हुन नदिने बताए…
पुरा पढ्नुहाेस्
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने

काठमाडौँ । आज साझ ६ संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको छ ।  शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन् । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एसोसिएसनले आन्दोलन गर्दै आइरहेको छ । यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा सर्वसम्मति हुन सकेको थिएन । मुख्यतः संवैधानिक परिषद्को पदेन सदस्य रहने विपक्षी दलका नेता…
पुरा पढ्नुहाेस्
देशभर थप १७ जना कोरोना पुष्टि

देशभर थप १७ जना कोरोना पुष्टि

काठमाडौं, २२ बैशाख । देशभर थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला मार्फत २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्। हालदेशभर १ सय ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ बाट शुरूवात भयो छोरी जीवन बीमा

बर्दगोरिया-६ बाट शुरूवात भयो छोरी जीवन बीमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालयले छोरीको जीवन बीमाको शुरुआत गरेको छ । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न, बालबिबाह, महिला तथा लैङ्िगक हिंसा न्यूनीकरणमा सहजता पुर्याउनका लागि वडा कार्यालयले छोरी जीवन बीमा कार्यक्रमको शुरूवात गरेको हो । बिहिवार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बौनियामा शाखासहित संचालित सीटीजन लाइएफ जीवन बीमा कम्पनीसंग सम्झौताबमोजिम वडाभित्र जन्मिएका १० वटा छोरीको जीवन बीमा गरि कार्यक्रमको शुरूवात गर्नुभएको छ । जसअन्तर्गत वडाभित्र स्थायी बसोबास गर्ने, चालू आर्थिक वर्षभरी स्वास्थ्य संस्थामा जन्म भएका तर व्यक्तिगत घटना अभिलेखमा ३५ दिनभित्र दर्ता गराएका छोरीको बीमा गरिएको हो । वडा कार्यालयले ´´अझै सानो छु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न

बर्दगोरिया-५ मा १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ५ मा बुधबार एक दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगि बेलुवा युवा क्लब को आयोजना तथा मालिका दन्त सेवा प्रा.लि.को प्राविधिक सहयोगमा उक्त १ दिने नि;शुल्क दन्त परिक्षण शिबिर सम्पन्न भएको हो । शिबिरबाट वडा का करिव २ सय ६५ जनाले सेवा लिएको मालिका दन्त सेवा प्रा.लिका संचालक सिडिएस डेन्टल हाईजिनिस्ट केशव बहादुर शाहीले जानकारी दिए । उनका अनुसार सो मध्य १ सय १३ जनाले नि; शुल्क रुपमा आफ्नो दात निकालेका थिए । भने अन्यको सामान्य चेकजाँच गरिएको थियो । शिबिरमा डेन्टल…
पुरा पढ्नुहाेस्
सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

सुडानमा अलपत्र परेका १९ जना नेपालीको उद्घार

काठमाडौ । सुडानमा अलपत्र परेका नेपालीहरुको उद्घार गरिएको छ । अलपत्र अवस्थामा रहेका मध्ये १९ जनाको उद्धार गरि नेपाल फिर्ता ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पोर्ट सुडान पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा ३० अप्रिलमा जेद्दा शहर आइपुगेका छन्। इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३१ जना नेपाली सम्पर्कमा आएका थिए। जेद्दा आइपुगेका १९ जनामध्ये ६ जनाले रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईमा काम गर्ने भएका छन्। १३ जनामध्ये ८ जना आजै एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी ५ जना भोलि जजिरा एअरवेजको उडानबाट नेपाल आउने तयारी भइरहेको छ। नेपाली राजदूतावास, कायरोको सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये ६ जनालाई सुडानबाट…
पुरा पढ्नुहाेस्