देशभर थप १७ जना कोरोना पुष्टि

काठमाडौं, २२ बैशाख । देशभर थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला मार्फत २ सय ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा ४३ हजार ६ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ५७ जना संक्रमणमुक्त भएका छन्।

हालदेशभर १ सय ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार