नाैलाेप्रेस डेस्क

972 Posts
सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको अध्यक्षमा राम बिक्रम सिजापती

सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको अध्यक्षमा राम बिक्रम सिजापती

बर्दगोरिया । नेपाल सुनचाँदी व्यवसायी संघ बर्दगोरिया उपशाखाको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशन बिहीवार बौनियामा सम्पन्न भएको छ । अधिवेशन बाट ३ बर्षका लागि राम बिक्रम सिजापतिको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरिया अध्यक्ष राजेश गौतमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । यसै गरि कार्यक्रममा बिशिष्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि (लालदीप) र सुनचाँदी ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश सभापति सन्तोष लामिछाने रहेका थिए । सुनचाँदी व्यवसायी संघ उपशाखा बर्दगोरियाका वरिष्ठ उपाध्यक्ष राम बिक्रम सिजापतीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया…
पुरा पढ्नुहाेस्
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिवार नेपाली बजारमा पहेलो धातु सुनको मुल्य नेपाली घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार  ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलामा १८६५ रुपैयाँमा कारोबार…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय आई.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरियामा पालिका स्तरीय आई.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि पालिका स्तरीय सरोकारवालाहरु सँग १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरु, संचारकर्मी र सरोकारवाला विच अभिमुखिकरण गरिएको हो । स्वास्थ्य सेवा कार्यालय बर्दगोरियाका प्रमुख मीन धामीले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पार्दै उक्त खोपलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । आई.पि.भी. खोप आपुर्ति नभएको अविधमा यो खोप लगाउन छुट भएका बालवालिकाहरुलाई एक मात्रा आई.पि.भी.खोप दिएर ती बालवालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आई.पि.भी.खोप अभियानको लक्ष रहेको छ । खोप अभियान जेष्ठ…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान: चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताएको छ । कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको…
पुरा पढ्नुहाेस्
आज २५६८ औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज २५६८ औं बुद्ध जयन्ती, विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । आज २५६८ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको आज २५६८ औँ जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । हरेक वर्ष आजकै दिन सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको…
पुरा पढ्नुहाेस्
गौतमबुद्धको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

गौतमबुद्धको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताएका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव र मानव कल्याणको बाटो देखाएकाले बुद्धका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेको बताए । प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा नेपाली भूमिमा जन्म लिएका बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग महत्वपूर्ण रहेको उल्लेख गरेका छन् । गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

बर्दगोरिया ६ मा नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । वडा नम्बर ६ मा अव्यवस्थित कोटातुल्सीपुर स्वास्थ्य चौकीको आयोजनामा यहीँ जेठ ४ गतेका दिन उक्त एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो । शिविरमा नसर्ने रोगहरु जस्तै रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिनको जाँच, उपचार र परामर्श दिइने भएको वडा नम्बर ६ द्वारा प्रकाशि सूचना उल्ले गरिएको छ । सूचना उपरोक्त विषय सम्बन्धमा बर्दगोरिया गाउँपालिका वडा नं. ६ मा यहि मिति २०८१/०२/०४ गतेका दिन कोटातुल्सीपुर स्वास्थ्य चौकी द्वारा नसर्ने रोगहरु जस्तै रक्तचाप, मधुमेह (सुगर), पिसाबमा प्रोटिनको जाँच, उपचार र परामर्श…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री सोडारीले पाए बिश्वास को मत

मुख्यमन्त्री सोडारीले पाए बिश्वास को मत

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत पाएका छन् । २८ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त गरेका हुन । जस्मा एमालेको ११, माअ‍ोवादीको १० (सभामुख बाहेक), नाउपाको २, समाजवादीको ४ र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको विश्वासको मत मुख्यमन्त्रीले पाएका हुन् । कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नै नभई बहिष्कार गरेर बाहिरिएका थिए । पहिलो चरणमा बैठक प्रारम्भ हुने बित्तिकै सभामुखले संसदको काम कारबाही अगाडि बढाउने प्रयास गरेका थिए तर प्रदेश प्रमुख नजिर मियाँले असंवैधानिक तरिकाबाट मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाउँदै बैठक…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदै

मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिदै

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोडारीले आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाउनुभएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । अब भने एमालेले  सोडारीलाई विश्वासको मत दिने भएको छ ।  सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बुधबार बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत…
पुरा पढ्नुहाेस्

स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव: सुदूरपश्चिममा आंशिक बदली

काठमाडौँ । नेपालमा हाल स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशसहित देशका  पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी  प्रदेशको पहाडी भूभागका थोरै  स्थानहरूमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली…
पुरा पढ्नुहाेस्