नाैलाेप्रेस डेस्क

833 Posts
फेसबुक, इन्स्टाग्राम लगाए सामाजिक सञ्जाल समस्या

फेसबुक, इन्स्टाग्राम लगाए सामाजिक सञ्जाल समस्या

काठमाडौं । फेसबुक र इन्स्टाग्राम 'डाउन' भएको छ। नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि सामाजिक सञ्जाल धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो। नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्। प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ। केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन्।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले भेटे नेकपा एसका अध्यक्षय नेपाललाई

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले भेटे नेकपा एसका अध्यक्षय नेपाललाई

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् । बिरामी नेपाललाई भेट्न मंगलबार प्रचण्ड र ओलीले नेपाल निवास कोटेश्वर पुगेका हुन् । नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालको साथ खोजेका छन् ।उनीहरुको साथमा एमाले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि साथमा रहेका छन् । यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।
पुरा पढ्नुहाेस्
गृह र अर्थ मन्त्रालयमा माओवादीले दाबी

गृह र अर्थ मन्त्रालयमा माओवादीले दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले गृह र अर्थ मन्त्रालयमा दाबी गरेको छ। मंगलबार अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकमा माओवादीले गृह र अर्थ र मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो। ‘हामीले अर्थ र गृहमा दाबी गरेका छौं,’ माओवादीका एक नेताले भने। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृहमा दाबी गरिरहेका छन्। यता गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि दाबी गरिरहेको छ। सभापति रवि लामिछाने गृहमन्त्री पाएमा आफैँ सरकारमा जाने तयारीमा छन्। तर एमालेले भने अर्थ र गृह दुवै मन्त्रालयमा दाबी नगरेको स्रोतको भनाइ छ। सोमबार माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्दै एमाले, रास्वपा र जसपासहितको…
पुरा पढ्नुहाेस्
काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन नेपाली काङ्ग्रेसले फिर्ता लिएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरे सँगै काङ्ग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको हो । बैठकले इलाम र बझाङको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।
पुरा पढ्नुहाेस्
सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने

सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने

काठमाडौं । नयाँ समीकरण सँगै बनेको सत्ता गठबन्धनको भागबन्डा आजै नटुङ्गिने देखिएको छ । सरकार बाहिर रहेका अन्य दललाई पनि समेट्नुपर्ने भएकाले आजै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताइएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीको औपचारिक बैठक बसिरहेको भएपनि भागबण्डा आजै टुङ्गिने सम्भावना नरहेको गठबन्धन दलका नेताको भनाइ छ । माओवादी महासचिव देव गुरुङले भने, ‘छलफल चलिरहेको छ । आज सबै कुरा निर्णय नहुन पनि सक्छ ।’ यस्तै एमाले उपाध्यक्ष ईश्वर पोखरेलले पनि आज सबै भागबन्डा टुङ्गिने सम्भावना नरहेको बताए । उनले भने, ‘साथीहरू लाग्नु भएको छ । आज सबै निर्णय आउला…
पुरा पढ्नुहाेस्
नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

नेकपा एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा एमालेले आफ्नो प्रमुख सचेतकमा महेश बर्तौला मनोनित गराएको छ। एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि पार्टीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । संसदी दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । यस्तै  सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् ।
पुरा पढ्नुहाेस्
नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उचाल्यो उपाधि

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उचाल्यो उपाधि

काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाललाई पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि जितेको छ । मंगलबार आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले सिरिजको उपाधि हात पारेको हो । जितका लागि चाहिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, सायब्रान्ड इन्गलब्रेचले ४८ रन, विक्रमजित सिंहले २९ रन तथा म्याक्स ओ'दाउदले २२ रन बनाए । नेपालका लागि कुशल मल्लले ४ तथा अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले…
पुरा पढ्नुहाेस्
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

कर्णाली । कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार अपराह्न मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र बुझाएका हुन्। शर्मा माओवाादी केन्द्रबाट निर्वाचित सांसद हुन्। सोमबार केन्द्रको कांग्रेस-माओवादी गठबन्धन टुटेपछि कर्णालीमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरण मन्त्री कृष्णकुमार विसीले पदबाट राजीनामा दिएका हुन्।
पुरा पढ्नुहाेस्
चार  महिनादेखि स्वास्थ्यकर्मीले पाएन्न तलब

चार  महिनादेखि स्वास्थ्यकर्मीले पाएन्न तलब

भजनी । कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार  महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन् ।  उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ  छ । “आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा अरु आयस्रोत हामीसँग छैन ।” गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी प्रमोद कठरियाले भने, “समयमा पैसा नआएपछि जनजीवन चलाउन समस्या हुन थालेको छ । घर–व्यवहार चलाउन मुस्किल हुँदै गएको छ भने बैंकको ब्याज तिर्न सकिएको छैन ।” सङ्घीय तहबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीले पाउँदै आएको तलबभत्ता गाउँपालिकाले…
पुरा पढ्नुहाेस्
त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला: फाइनल खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खला: फाइनल खेलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा आज मंगलबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । खेल आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे बाट शुरु हुनेछ । लिग चरणमा सबै टोलीले चार–चार खेल्दा नेदरल्यान्ड्स पाँच अंकसहित पहिलो, नेपाल चार अंकसहित दोस्रो र नामिबिया तीन अंकसहित तेस्रो भएका थिए । लिग चरणको खेलपछि तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो । अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको हो । आफ्नो पहिलो खेलमा…
पुरा पढ्नुहाेस्