नाैलाेप्रेस डेस्क

643 Posts
सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो

सुनको मूल्य स्थिर, चाँदी १५ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार पहेलो धातु सुनको मूल्य स्थिर रहेको नेपाल चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो । सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य…
पुरा पढ्नुहाेस्
वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्येष्टि

वरिष्ठ कलाकार ताम्राकारको आज अन्त्येष्टि

काठमाडौँ । वरिष्ठ कलाकार सानु ताम्राकारको आज अन्त्येष्टि गरिने भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार ताम्राकारको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिनेछ । ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो । गत असारमा छोरा सारुक ताम्राकार घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनले ‘जीवन रेखा,…
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ६ सुगरखालमा निर्माणधीन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

बर्दगोरिया- ६ सुगरखालमा निर्माणधीन झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्माणधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरण रहेको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ र घोडाघोडी नगरपालिका वडा नम्बर ३ जोडने (काडा नदीमा) निर्माण भइरहेको उक्त झोलुङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा रहेको हो । सम्झौता भएको करिव ३ वर्ष पछी उक्त झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न हुन लागेको हो । झोलुङ्गे पुलमा समान्यतया मानिस आवतजावत गर्न सुरु गरिसकेका भएपनि औपचारिक रुपमा संचालन हुन भने हुन बाकी रहेको छ । पुलको दुबै किनार तर्फ बनेका जगको पलास्टर कार्य जारि रहेको पुल निर्माणको ठेक्का पाएका लोकेन्द्र न्यौपाने बताए । उनले भने- "हामीले…
पुरा पढ्नुहाेस्
जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

जनता सँग माओवादी विशेष रुपान्तरण; प्युठानको स्वर्गद्वारी पुगेका जैशीको भव्य स्वागत

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई सफल बनाउन अहिले पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरु आआफ्नो जिम्मेवारी समाल्दै स्थानीय तहमा गइरहेका छन ।   जस अनुसार पार्टीका केन्द्रिय सदस्य लोकराज जैशी (लोकेश) पनि आफ्नो जिम्मेवारी लिदै प्युठानको स्वर्गद्वारी गाउँपालिका पुगेका छन । प्युठानको स्वर्गद्वारी र माण्डवी गाउँपालिकाको जिम्मेवारी सम्माले का उनी हिजो मात्र जिल्लाको स्वर्गद्वारी नगपालिका पुगेका हुन । स्वर्गद्वारी नगरपालिका पुगेका उनलाई पार्टीका स्वर्गद्वारी नगर कमिटीको पदाधिकारीको बैठकले एक कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ ।   बैठकमा पार्टीको जनता सँग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा व्यपक रुपमा छलफल भएको थियो…
पुरा पढ्नुहाेस्
सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारमा छापा मारेको छ । खुलेयाम रुपमा बोतल र जर्कीनमा पेट्रोलियम पदार्थमा को बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा बौनिया बजारमा छापा मारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।   छापा मार्ने क्रममा उक्त पसलहरुको खानतलासी गर्दा १ सया ६६.५ लिटर पेट्रोल जर्कीन तथा बोलता भरेर राखेको अवस्थामा बरामद भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । बरामद गरिएका उक्त पेट्रोल ईलाका प्रहरी कार्यालय बौनियाले आफ्नो नियन्त्रणमा राखेको छ । सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलका क्रममा व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण…
पुरा पढ्नुहाेस्
श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री राम जानकी सामुदायिक वन उपभोक्ता समुहाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष मिन बहादुर चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय साढेपानीका वन रक्षक लन्क बहादुर बिश्वकर्मा रहेका थिए। यस्तै कार्यक्रमको विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वड नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को ८ लाख ८८ हजार १ सय १८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । कार्यक्रम सामुदायिक वनको भवन बर्दगोरिया ६ सुगुरखात भक्तिनिया डाडामा सम्पन्न भएको हो…
पुरा पढ्नुहाेस्
महिला टी–२० आई सिरिज; नेपालले पायो एक सय दुई रनको लक्ष्य

महिला टी–२० आई सिरिज; नेपालले पायो एक सय दुई रनको लक्ष्य

काठमाण्डौ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजको उपाधिका लागि नेपालले एक सय दुई रनको लक्ष्य पाएको छ । बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङले नेपाललाई एक सय दुई  रनको लक्ष्य दिएको छ । हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय एक रन बनायो । हङकङकी यिङ चानले २९ रन बनाइन् । नेपालका लागि खुसी डंगोलले तीन, कविता जोशी तथा अस्मिना कर्माचार्यले एक/एक विकेट लिए । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप नेपालले यो प्रतियोगिता…
पुरा पढ्नुहाेस्
जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

जनता सँग माओवादी विशेष; प्यूठानका नेता कार्यकर्ताहरु घरघरमा जादै

प्यूठान। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जनता सँग माओवादी विशेष कार्यक्रम अन्तर्गत प्यूठानका नेता कार्यकर्ताहरु जनताका घरघरमा जाने भएका छन। जिल्ला समन्वय समिति प्युठानको शुक्रवार जिल्ला पार्टी कार्यालय शहिद प्रतिष्ठानको भवन जुम्रिमा सम्पन्न पार्टी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले पार्टी केन्द्रिय समितिले संचालन गरेको 'जनता सँग माओवादी विशेष रुपान्तरण' अभियान लाइ सफल बनाउने निर्णय गरेको छ।अभियानलाई सफल बनाउन पार्टीले जिल्ला इन्चार्जको रुपमा निर्मल आचार्यलाई खटाएको छ। प्युठानका संयोजक नमराज अधिकारी ‘रोशन’ को अध्यक्षतामा संचालन भएको बैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एवं अभियान इन्चार्ज निर्मल आचार्य, केन्द्रिय सदस्यहरु नारायण प्रसाद अधिकारि, पितबहादुर महतरा, रुद्र बन्जाडे, लोकराज जैसी, लुम्विनी…
पुरा पढ्नुहाेस्
महिला टी–२० आई सिरिज; नेपाल र हङकङबीच आज फाइनल खेल हुँदै

महिला टी–२० आई सिरिज; नेपाल र हङकङबीच आज फाइनल खेल हुँदै

काठमाडौं । महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार आज नेपाल र हङकङबीच खेल हुँदैछ मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो । शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो। हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ। हङकङको नेट रनरेट…
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्र बैंकले आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्दै

नेपाल राष्ट्र बैंकले आइतबार १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं  । आइतबार नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले भोलि आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । उक्त विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको…
पुरा पढ्नुहाेस्