नाैलाेप्रेस डेस्क

833 Posts
कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

बर्दगोरिया। कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो करिव १२:३० बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि , जुंगा फुलेको, कान ठुला भएको, कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरिरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शव फेला परेको र उक्त शवको पहिचान…
पुरा पढ्नुहाेस्
इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

इडिभी २०२५ को नतिजा आज आउदै, यसरी हेर्नुस्

काठमाडौँ । अमेरिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा (इडिभी) २०२५ को नतिजा आज आउने भएको छ । शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत उक्त कुराको जानकारी दिएको हो । दूतावासका अनुसार आज वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका रहेको दूतावासले जनाएको छ ।
पुरा पढ्नुहाेस्
डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता

काठमाडौँ । देशका विभिन्न भागका वनमा लागेको आगो निभागउन निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, “डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।” आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जङ्गलमा लागेको आगो निभाउन सकिने बताउँदै उनले पाथिभरा, लुक्ला, तनहुँ, काठमाडौँको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाइएको जानकारी दिए। कम्पनीले विगतमा आफ्नो सामाजिक  उत्तरदायित्वअन्तर्गत हेलिकप्टर प्रयोग गरी आगो निभाएको महाप्रबन्धक जोशीले बताए। उनले देशका सबै पालिकालाई पानीको…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान, चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली  रहेको  छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। यस्तै आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया…
पुरा पढ्नुहाेस्
नेपाली एक सय रुपैयाँको नोटमा सरकारले चुच्चे नक्सा राख्दै

नेपाली एक सय रुपैयाँको नोटमा सरकारले चुच्चे नक्सा राख्दै

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् । उनका अनुसार बैठकले सय रुपैयाँको डिजाइन परिवर्तन गर्दै चुच्चे नक्सा राख्ने निर्णय गरेको हो । सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।
पुरा पढ्नुहाेस्
संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । बैठकको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । बजेट अधिवेशनलाई बर्खे अधिवेशन पनि भनिन्छ । सरकार अहिले बजेट निर्माणको चरणमा छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसद्मा पेश हुनेछ ।
पुरा पढ्नुहाेस्
डोटीमा  एक जना मृत अवस्थामा फेला

डोटीमा  एक जना मृत अवस्थामा फेला

कैलाली । डोटीको जोरायल गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन्। समाचार स्रोतका अनुसार मृत्यु हुनेमा जोरायल गाउँपालिका-६ कि स्थानीय वासी ६४ वर्षीय यज्ञबहादुर छेडाल रहेका छ्न । उनी आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस  सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
इलाम उपनिर्वाचन; २६ सय बढी मत सहित सुहाङको अग्रता कायमै

इलाम उपनिर्वाचन; २६ सय बढी मत सहित सुहाङको अग्रता कायमै

इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै गएको छ । हाल सम्म २० हजार ५३६ मतगणना हुँदा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को फराकिलो मतान्तर सहित अग्र स्थानमा रहेका छन । सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।
पुरा पढ्नुहाेस्
बझाङ उपनिर्वाचनको मतगणना जारी, नेपाली कांग्रेसको अग्रता कायमै

बझाङ उपनिर्वाचनको मतगणना जारी, नेपाली कांग्रेसको अग्रता कायमै

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा छन । उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९३५ मत ल्याएका छन, भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत ल्याएका छन् ।
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत

मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको भैरवमाला माध्यमिक विद्यालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी गाउँपालिका अन्तरगत शिक्षा समितिको सदस्यमा मनोनीत भएका छन । आइतबार मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यक्षले गाउँपालिका शिक्षा ऐन २०७९ बमोजिम शैक्षिक सत्र २०८१ का लागि जैशीलाई पालिकाको शिक्षा समिति सदस्यमा मनोनीत गरेका हुन । शिक्षा समितीमा मनोनीत भए सँग जैशीले आफुलाई जुन अपेक्षा सहित पालिकाले विश्वास गरि शिक्षा समितीको सदस्यमा मनोनीत गरेको छ, उक्त कार्यमा आफू निस्वार्थ पुर्ण आफ्नो कर्तव्य पूरा गर्ने बताए । जैशीले नौलो प्रेस सँग कुरा गर्दै- "म बिगतका दिनहरुमा पनि शिक्षा क्षेत्र लगाएत पालिकाका विभिन्न सामाजिक कार्यमा…
पुरा पढ्नुहाेस्