इलाम उपनिर्वाचन; २६ सय बढी मत सहित सुहाङको अग्रता कायमै

इलाम । प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै गएको छ ।

हाल सम्म २० हजार ५३६ मतगणना हुँदा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को फराकिलो मतान्तर सहित अग्र स्थानमा रहेका छन ।

सुहाङले ८ हजार ४८७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार २६२ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले १ हजार २६९ मत सहित चौथो स्थानमा सीमित छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार