नेपाली एक सय रुपैयाँको नोटमा सरकारले चुच्चे नक्सा राख्दै

काठमाडौँ । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।

उनका अनुसार बैठकले सय रुपैयाँको डिजाइन परिवर्तन गर्दै चुच्चे नक्सा राख्ने निर्णय गरेको हो ।

सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार