नाैलाेप्रेस डेस्क

833 Posts
लक्ष्मी सनराइज बैंक बौनिया शाखाद्वारा बालकन्या मा.वि.मा वृक्षारोपण

लक्ष्मी सनराइज बैंक बौनिया शाखाद्वारा बालकन्या मा.वि.मा वृक्षारोपण

बर्दगोरिया । विश्व वातावरण दिवसको अवसर पारी लक्ष्मी सनराइज बैंक लिमिटेड बौनिया शाखाले शुक्रबार वृक्षारोपण गरेको छ । शाखाले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बालकन्या माध्यमिक विद्यालयमा गएर वृक्षारोपण गरेको हो । वृक्षारोपण कार्यक्रममा बोल्दै शाखाका प्रमुख मित्र खडकाले पछिल्लो समयमा देखिएको वातावरण प्रदुषण लाई ख्याल गर्दै आफ्नो बैंक देशभर ५ हजार बढी बोटबिरुवा रोप्ने कार्यक्रम ल्याए सङ्गै बौनिया शाखाले आज श्री बाल कन्या माध्यमिक विद्यालयमा एक सय बिरुवा रोपेको बताए । पछिल्लो समय बोटबिरुवा रोप्नुको साटो विभिन्न माध्यमबाट विनाश मात्र भइरहेको हुँदा वातावरणमा निकै नकारात्मक असर परेको छ । जसको प्रत्येक्ष असर आम सजिव प्राणीहरुमा परेको…
पुरा पढ्नुहाेस्
सुनचाँदीको मूल्य घट्यो: कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्य घट्यो: कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनचाँदीको मूल्य घटेको छ । बुधबार आज सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न: ४ सय ४४ जनाले सेवा

बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न: ४ सय ४४ जनाले सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा १ दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीको आयोजना तथा बर्दगोरिया गाउँपालिकाको सहयोगमा स्थानीय दोदोधरा अस्पतालमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा महिला पुरुष गरि ४ सय ४४ जनाले सेवा लिएको अस्पताल स्रोतले जनाएको छ । शिविरमा कन्सल्टेण्ड रेडियोलोजिस्ट डा. अशोक राज पन्त, हाडजोर्नी तथा मेरुदण्ड विषेशज्ञ डाक्टर ज्ञानेन्द्र जोशी, पेट,छाती,मुटु,सुगर,दम रोग सम्बन्धि विषेशज्ञ डाक्टर विकास रिजाल ,स्त्रीरोग तथा प्रसुती विषेशज्ञ डाक्टर जगदीश चन्द्र विष्ट लगाएतको विशेषज्ञ टोलिद्वारा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरको पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको थियो…
पुरा पढ्नुहाेस्
संसदीय समितिको चार वटा बैठक आज बस्दै

संसदीय समितिको चार वटा बैठक आज बस्दै

काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गतका चार वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ । जस अनुसार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ । सो बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । त्यस्तै, दिउँसो साढे १ बजे सार्वजनिक नीति तथा…
पुरा पढ्नुहाेस्
वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

वर्षाका कारण अभ्यास खेल रद्ध: नेपालले सिधै विश्वकप खेल्ने

काठमाडौं । नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाका कारण रद्ध भएको छ। आईसीसी टी-२० विश्वकप अगाडिको अभ्यास खेल वर्षाका कारण रद्ध भएसङ्गै नेपालले सिधै विश्व कप खेल्ने भएको हो । बिहीबार राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो। नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ। विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले दियो गर्मी बिदा

बर्दगोरियाले दियो गर्मी बिदा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले गर्मी बिदा दिएको छ । पछिल्लो केही दिनदेखि अत्यधिक गर्मी बढेपछि बर्दगोरिया गाउँपालिकाले एकहप्ता विद्यालयमा बिदा दिएको हो । पालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानाले बिहिवार एज सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी पालिकाभित्र रहेका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन । गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै पालिकाले बिदा दिइएको जनाइएको छ । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ। बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४४ डिग्री सेल्सियससम्म पुग्ने गरेकाले दैनिक कामकाज…
पुरा पढ्नुहाेस्
सरकारले आ.वर्ष २०८१–०८२ को बजेट आज सार्वजनिक गर्दै

सरकारले आ.वर्ष २०८१–०८२ को बजेट आज सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । सहकारीको रकम हिनामिना र अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशबारे दलहरू सहमति नजिक पुगेकोले आजको संसद् बैठकमा सौहार्दपूर्ण वातावरणमा बजेट प्रस्तुत हुने देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ प्रधानमन्त्रीसहित कार्यदल सदस्य र कांग्रेस नेताहरूबिचको छलफलमा समितिको कार्यादेशमा लगभग सहमति बनेकोले आज बस्ने कार्यदलको बैठकले अन्तिम रूप दिने  कानुन मन्त्री पदम गिरीले जानकारी दिएका छन्…
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

घोडाघोडी बहुमुखी क्याम्पसमा सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ सम्बन्धि तीन दिने तालिम सुरु

कैलाली । कैलालीकाे सुखडमा सामुदायिक क्याम्पसका प्राध्यापकहरूका लागि ‘सामाजिक सेवाका मुद्दाहरू र अनुसन्धान पद्धति’ विषयक तीन दिने तालिम सुरु भएको छ । आज सोमबारदेखि कैलालीकाे घोडाघोडी नगरपालिका १, स्थित घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा तालिम सुरु भएको हाे । विश्वविद्यालय अनुदान आयोग र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभागले तालिमको आयोजना गरेकाे हाे  । कैलाली, कञ्चनपुर र डाेटीका सामुदायिक क्याम्पसका प्राध्यापकहरूको क्षमता विकास गरि सामाजिक क्षेत्रमा अनुसन्धान र अध्ययन गर्नका लागि तालिम सञ्चालन गरिएकाे आयोजकले जनाएको छ । तालिममा कैलालीका मोहन्याल बहुमुखी क्याम्पस, चौमाला बहुमुखी क्याम्पस, खप्तड बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, बुलबुले बहुमुखी क्याम्पस र…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया-३ मा विपन्न वर्गका नागरिकलाई बङ्गुरका पाठापाठी वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले ३१ जना विपन्न वर्गलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । पालिकाको पशु सेवा शाखाले वडा नम्बर ३ मा रहेका विपन्न वर्गको आयआर्जनका लागि शनिबार पाठापाठी वितरण गरेको हो। शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वडा नम्बर ३ मा रहेका दलित, एकल महिला ,मुक्तकमैया गरि ३१ जनालाई छनोट गरि उनीहरूको आयआर्जन उकास्न मद्दत पुराउने उदेश्यले निःशुल्क रूपमा बङ्गुरका पाठापाठी वितरण गरिएको शाखा प्रमुख जयप्रसाद कोइरालाले बताए । पालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यले संयुक्त रूपमा उनीहरूलाई बङ्गुरका पाठापाठी वितरण गरेका थिए । सो…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरियामा सरसफाइ तथा विपद् व्यवस्थापन सामाग्री वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा सरसफाई तथा विपद् व्यवस्थापन सामाग्री वितरण गरिएको छ । पालिकाको वन वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा शुक्रबार सरसफाई तथा विपद् व्यवस्थापन सम्बन्धिका सामाग्री वितरण गरिएको हो । उक्त सामाग्री पालिकाका १७ वटा सामुदायिक बिद्यालय, पालिकाका ६ वटै स्वास्थ्य कार्यालय, ६ वटै वडा कार्यालय, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया, मुडा बजार र बौनिया बजार व्यवस्थापन समितीलाई वितरण गरिएको वन वातावरण तथा विपत व्यवस्थापन शाखाले जानकारी दिएको छ । शाखाका अनुसार सामुदायिक बिद्यालय, गाउँपालिका कार्यालय, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक स्वास्थ्य इकाई लगाएत बजारमा हुने फोहोर लाई व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त १ सय ७० ओटा…
पुरा पढ्नुहाेस्