नाैलाेप्रेस डेस्क

833 Posts
कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुर । कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलनजिकै दशगजामा मृत भेटिएको हात्तीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मधयवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको टोलीले अन्तिम संस्कार गरेको हो । मृत भाले हात्तीको निकुञ्जका पशु चिकित्सक डाक्टर आभाश श्रेष्ठले पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिएको हो। पोस्टमार्टममा करेन्ट लागेकै आशंका गरिएको छ। ‘रिपोर्ट तयार भइसकेको छैन, करेन्टकै कारण मृत्यु भएको जस्तो छ,’ उनले भने। हात्तीको सुँडमा घाउ देखिएको थियो। नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भेटिएको उक्त हात्ती भारतकै वनबाट आएको हुन सक्ने अनुमान गरिएको छ। एक महिना अघि लालझाडी गाउँपालिकामा पनि करेन्टकै कारण वयस्क हात्तीको मृत्यु भएको थियो।…
पुरा पढ्नुहाेस्
बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइयो:  कुलमान घिसिङ

बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइयो:  कुलमान घिसिङ

काठमाडौं । शुक्रबार नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन मार्फत निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन्। घिसिङले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए। घिसिङले भने मैले बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइनुको प्रमुख कारण हो । सोही क्रममा उनले प्रश्न गरे के बक्यौता उठाउनु अपराध हो?, । त्यसैगरी, आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको समेत आरोप लगाए। 'कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति ममाथि खनिएको थियो नेपाली जनताले देखेका छन्,' उनले भने।
पुरा पढ्नुहाेस्
नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक सुधारका लागि बर्दगोरिया गाउँपालिकाका सामुदायिक शिक्षक, शिक्षिकाहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने विद्यालयको शैक्षिक अवस्था खस्कदै जानुमा अनुशासन पनि हो त्यसैले बर्दगोरियाका केही बिधालयमा अनुशासन कम पाएको छु आगामी दिनमा शुधार गर्दै जान हुन आग्रह गरे । उनले विद्यार्थी निजी विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीप्रति चासो नहुनु राम्रो नभएको बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले जस्तो सुकै सहयोग…
पुरा पढ्नुहाेस्
बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया पशु स्वास्थ्य सेवा शाखा द्वारा वडा नं. २ मा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ बनडेवामा निशुल्क पशु स्वास्थ्य शिबिर तथा खोप कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखाको सहकार्यमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि क को अध्यक्षतामा कार्यक्रम भएको हो । उक्त शिविरवाट वडा नम्बर २ का २ सय बढी पशुधनीहरुले सेवा लिएका छन् । बिहान ८ बजेदेखी दिउँसो ३ बजे सम्म संचालन गरेको उक्त शिविरमा १ हजार २ सय ५५ पशुहरुको औषधी उपचार र २ सय ३९ लाई खोप लगाइएको पशु शाखाका पशु स्वास्थ्य अधिकृत जय प्रसाद कोईरालाले जानकारी…
पुरा पढ्नुहाेस्
नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड

बाँके, २० चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र नभई विश्व राजनीतिमै प्रेरणाको स्रोत बनेको बताउनुभएको छ । बाँकेमा अनेमसंघ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हिजो जनयुद्धको बेलामा महिला सहभागिता बढाउन सकिएन भने क्रान्ति सफल हुँदैन भन्ने मान्यताका साथ महिला सहभागिता बढाइएको र नेतृत्वदायी भूमिकामा अघि बढाइएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘नेपाली महिलाले गरेको बलिदानीपूर्ण आन्दोलन नेपालमा मात्र होइन, संसारभरिका महिलाका लागि प्रेरणा र उर्जाको स्रोत बनेको छ ।’ जनमुक्ति सेनाको झण्डै ४० प्रतिशत संख्या महिला रहेको स्मरण गर्दै उहाँले महिला कमाण्डरले…
पुरा पढ्नुहाेस्
मन्त्रालयले बोलायो आकस्मिक बैठक: गोली चलाउनसम्म निर्देशन

मन्त्रालयले बोलायो आकस्मिक बैठक: गोली चलाउनसम्म निर्देशन

काठमाडौं । गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको आकस्मिक बैठक बसेको छ । बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा, र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशलादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । यसका साथै लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
काठमाडौंमा कर्फ्यु आदेश

काठमाडौंमा कर्फ्यु आदेश

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन उग्र भएपछि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आज राति १० बजेसम्म आदेश जारी भएको प्रशासनले जनाएको छ । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । सूचना
पुरा पढ्नुहाेस्
सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर

सकिन्छ जनतालाई नि सुल्क पुर्जा बाँडौँ सकिदैन राजस्व घटाऔं: कर्ण कुँवर

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना गरेको पालिकाका पदाधिकारीका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन । सरकारले अव्यवस्थित जग्गाको राजस्व निकै चर्को तोकेको र स्थानीयले सोही अनुरूप राजस्व तिर्न सक्ने अवस्था नभएकाले राजस्व घटाउनु पर्ने वा नि सुल्क रूपमा पुर्जा वितरण गर्नु पर्ने धारणा राखे । “मलाई कता कता जनतालाई लालपुर्जा नदिने हो कि भन्ने लागिरा छ । हामीले कति दुख गरेर नापी सम्पन्न गरेका छौ तर पुर्जा दिन सक्ने अवस्था छैन । पुर्जाको राजस्व…
पुरा पढ्नुहाेस्
लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्कीमा रहेको pragmatic international education consultancy द्धारा बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न

लम्की । केलालीको लमकीचुहा नगरपालिका वडा १ मा रहेको प्राग्म्याटि इन्टरनेशनल कन्सलटेन्सीले pragmatic international education consultancy ले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेको । जापान, अस्ट्रेलीया, क्यानडा लगाएतका देशहरुमा अध्ययन तथा रोजगारीको लागि सहजिकरण गर्दै आएको उक्त कन्सलटेन्सीले शनिबार बधाई तथा शुभकामना प्रदान कार्यक्रमको आयोजना गर्दै जापन अध्ययनका लागि सि.इ.ओ प्राप्त गरेका करिव २० जना विध्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरेको हो । consultancy का निर्देशक रुपेश देवकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा consultancy का लम्की शाखाका प्रवन्ध निर्देशक हर्क जंग अधिकारीले अध्ययनका लागि जापान जान लागेका सम्पूर्ण विध्यार्थीहरुलाई त्यहाँ जादा हुने समस्या र त्यसको समाधान कन्सलटेन्सीले गर्ने सहजीकरण तथा…
पुरा पढ्नुहाेस्
श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष भद्र विष्टको अध्यक्षतामा शनिबार भएको उक्त १७ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी हरेको थिए । कार्यक्रलाई समबोधन गर्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वन समुदायको भएको हुँदा त्यसको प्रत्यक्ष लाभ आम समुदायलाई हुनु पर्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ दरमा दिन समेत अनुरोध गरे । विगतमा लाखौ रकम घाटमा गएको यो वन अहिले आएर नाफामा गएको…
पुरा पढ्नुहाेस्