कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरियो

कञ्चनपुर । कञ्चनपुरमा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरिएको छ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलनजिकै दशगजामा मृत भेटिएको हात्तीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मधयवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको टोलीले अन्तिम संस्कार गरेको हो ।

मृत भाले हात्तीको निकुञ्जका पशु चिकित्सक डाक्टर आभाश श्रेष्ठले पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिएको हो। पोस्टमार्टममा करेन्ट लागेकै आशंका गरिएको छ। ‘रिपोर्ट तयार भइसकेको छैन, करेन्टकै कारण मृत्यु भएको जस्तो छ,’ उनले भने।

हात्तीको सुँडमा घाउ देखिएको थियो। नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भेटिएको उक्त हात्ती भारतकै वनबाट आएको हुन सक्ने अनुमान गरिएको छ। एक महिना अघि लालझाडी गाउँपालिकामा पनि करेन्टकै कारण वयस्क हात्तीको मृत्यु भएको थियो। हात्तीलाई करेन्ट लगाउने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार