
काठमाडौं । शुक्रबार नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन मार्फत निष्ठाका साथ देश र जनताको सेवामा रातदिन खटिँदा पनि सरकारले आफूलाई पदबाट बर्खास्त गरेको गुनासो गरेका छन्।

घिसिङले आफूले उद्योगहरूको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता उठाउन पत्र काटेकै दिन सरकारले हटाएको बताए।
घिसिङले भने मैले बक्यौता उठाउने प्रयास गरेकै कारण मलाई हटाइनुको प्रमुख कारण हो । सोही क्रममा उनले प्रश्न गरे के बक्यौता उठाउनु अपराध हो?, ।

त्यसैगरी, आफूलाई हतोत्साहित गर्न उनले राज्यको सम्पूर्ण शक्ति आफूमाथि खनिएको समेत आरोप लगाए।

‘कसको स्वार्थमा राज्यको सम्पूर्ण शक्ति ममाथि खनिएको थियो नेपाली जनताले देखेका छन्,’ उनले भने।