श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ मा रहेको श्री पथरिया सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक वनका अध्यक्ष भद्र विष्टको अध्यक्षतामा शनिबार भएको उक्त १७ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हरि प्रसाद चौधरी हरेको थिए ।

कार्यक्रलाई समबोधन गर्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वन समुदायको भएको हुँदा त्यसको प्रत्यक्ष लाभ आम समुदायलाई हुनु पर्ने बताए । समुदायलाई वन बाट पाउने हरेक प्रकारका सेवा सुलभ दरमा दिन समेत अनुरोध गरे । विगतमा लाखौ रकम घाटमा गएको यो वन अहिले आएर नाफामा गएको भन्दा आफुलाई निकै खुसी भएको बताउदैँ वडाको तर्फबाट सामुदायिक वनलाई चाहिने हरेक कार्यमा वडाको तर्फबाट निरन्तर सहयोग हुने बताए ।

 

समितिका अध्यक्ष भद्र विष्टले आर्थिक वर्ष २०८०र०८१ को कुल १८ लाख ६७ हजार ६०३ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार