नेपाल राष्ट्रिय शिक्षक संगठनले गर्‍यो बर्दगोरियामा शैक्षिक सुधारका लागि अन्तरक्रिया

बर्दगोरिया । नेपाल राष्ट्रिय शिक्षक संगठनले शैक्षिक सुधारका लागि बर्दगोरिया गाउँपालिकाका सामुदायिक शिक्षक, शिक्षिकाहरु बिच अन्तरक्रिया कार्यक्रम गरेको छ। विद्यालयमा भर्ना दर वृद्धि गर्न र शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भने विद्यालयको शैक्षिक अवस्था खस्कदै जानुमा अनुशासन पनि हो त्यसैले बर्दगोरियाका केही बिधालयमा अनुशासन कम पाएको छु आगामी दिनमा शुधार गर्दै जान हुन आग्रह गरे ।

उनले विद्यार्थी निजी विद्यालयमा जाँदा अभिभावकले धेरै ध्यान दिने तर साुमदायीक विद्यालयमा भर्ना हुने विद्यार्थीप्रति चासो नहुनु राम्रो नभएको बताए । उनले विद्यालयको शैक्षिक सुधारका लागि पालिकाले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउदै विद्यालयमा भएका समस्याहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत बिक्रम श्रेष्ठले शैक्षिक गुणस्तर सुधार गर्न एकै पटक नसकिने र बिधालयमा  भएका समस्याहरुलाई एक एक गरेर समाधान गर्न सके शैक्षिक गुणस्तर सुधार हुने बताए । उनले भने म भरखर आएको छु ,धेरै समस्या त देखिन जे समस्या छन त्यसलाई समाधान गर्न तर्फ आफू लागि पर्ने बताए ।

यसै गरि कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले शिक्षकले मात्र शैक्षिक सुधार गर्न नसक्ने भएको कारण त्यसलाई अभिभावक, विद्यार्र्थी, सहयोगी निकाय, विद्यालय ब्यवस्थापन समिति सबै आ–आफ्नो स्थानमा लाग्नु पर्ने बताए । विद्यालयमा शैक्षिक सुधारका लागि पूर्वाधार निर्माणदेखि अन्य आवश्यक संरचना ब्यवस्थापन गर्न पनि उत्तिक्कै आवश्यक रहने उनले बताए ।

महुन्याल माध्यामिक बिधालयका प्रध्यानाध्यापक चन्दृका जोशिले शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो । गुणस्तरीय शिक्षा हासिल गर्नका लागि  बिद्यार्थी ,अभिभावक र सरोकारवाला पक्षको साथ चाहिने बताउनु भयो ।

कार्यक्रममा वसन्त मुरारी नमुना मा वि का शिक्षक बल राज भाटले विषयगत शिक्षकको व्यवस्था, गाउँपालिकाको पाठ्यक्रम अनुसार पाठ्यपुस्तक समयमै उपलब्ध गराउनुपर्ने,  अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला उपाध्यक्ष प्रभु नाथ जोशी, नेपाल शिक्षक संघ बर्दगोरिया अध्यक्ष राम चन्द्र कुश्मी, लभ्ली कुँवत,लक्ष्मी बिनाडी लगाएत शिक्षक,शिक्षिकाहरुले शिक्षक अभाव संगै कर्मचारी बढाउनु पर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग बढाउन सुझाव दिनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दगोरियाका अध्यक्ष रतन थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । संगठनका उपाध्यक्ष सुरेश कठरियाले स्वागत गरेको कार्यक्रमको संचालन संगठनका सचिव खगेन्द्र आचार्यले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार