समानुपातिक विकासको पहरेदार; नन्द बहादुर साउँद

बर्दगोरिया । सुदुरपश्चिम प्रदेश सरकारका पुर्व साङ्सद नन्द बहादुर साउँद (राजेन्द्र) लाई राजनितिक बृत्तमा शालिन ब्यक्तिका रुपमा चिन्ने गरिन्छ । शान्त र शालिन स्वभावका साउँदलाई विकासशिल चेत भएका व्यक्तिका रूपमा चित्रण गर्ने गरिन्छ ।

साउँद यसपटक पुन प्रदेश सभा सदस्यमा दोहोरीने तयारीमा छन । मङ्सिर ४ गते हुने आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि बाम-लोकतान्त्रीक गठबन्धनबाट उनी साझा उम्मेदवारका रूपमा छ्न । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट उम्मेदवारी दिएका साउद कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ निवासी  हुन । उनलाई यहाँका नागरिकले बिकासबादी नेताका रुपमा हेर्दै आएका छन ।

बि.सं. २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट एमाले र माओवादीको गठबन्धनबाट निर्वाचित भएका साउद फेरि यसपटक पनि गठबन्धनबाटै उम्मेदवार बनेका छ्न । यसपटक भने एमाले एक्लै उभिएको छ । भने नेपाली काङ्ग्रेस ,नेकपा (माओवादी केन्द्र), जनमोर्चा, नेकपा (एकीकृत समाजवादी ) लगाएतको गठबन्धन छ ।

साउदले पछिल्लो पाँच वर्षको अवधिमा बिकासशिल नेताका रुपमा आम मतदातामाझ आफ्नो छबी स्थापित गर्न सफल भएका छन । ०७४ मा पहिलो पटक निर्वाचित भएलगत्तै थुप्रै दिर्घकालिन महत्वका योजनालाई अगाडी बढाएकै कारण उनको यतिबेला निकै चर्चा नै छ भने अर्कोतिर गठबन्धन दलहरूले उनलाई भरपुर साथ दिएका छ्न ।

साउदले आफू प्रदेश साङ्सद हुँदा कैलाली क्षेत्र नम्बर २ (ख) को विकास र समृद्धिका लागि ठुलो योगदान पुर्याएका छ्न । उनको योजना र पहलमा यहाँका थुप्रै विद्यालयमा भवन ,कम्प्युटर ल्याब, पर्खाल ,घेराबार मात्रै होइन, सडक ग्राभेल देखि सडक कालोपत्रे र आरसीसी रोड बनेका छ्न ।

कृषिमा किसानलाई अनुदान ,कृषि यान्त्रीकरण, सिचाइको लागि बोरिङ ,खानेपानी ,स्वास्थ्य इकाइदेखि अस्पताल ,नदी तटबन्ध ,सामुदायिक भवन ,युवा क्लबको भवन , खेलमैदान ,कृषि सहकारी देखि बालविकासको भवन समेत यी क्षेत्रमा उनले बनाएका देखिन्छ । यसैगरी आवासविहिनलाई जनता आवासबाट आश्रय दिनुका साथै धार्मिक तथा सास्कृतिक क्षेत्रमा समेत थुप्रै योजना कार्वानवय गरेको पाइन्छ । यसैको लागि चर्चदेखि मन्दिर निर्माण भएका छन ,भने स्वास्थ्य इकाईमा प्रसुती केन्द्र पनि साउदकै पालामा प्रदेश सरकारको लगानीमा बनेको देखिन्छ ।

बिकास पहुँचका आधारमा नभई आवश्यकताका आधारमा हुनुपर्दछ भन्ने मान्यता बोकेका साँउद आफ्ना बाकी रहेका र गौरवका योजना पुरागर्ने अठोटसहित आफ्नो उम्मेदवारी रहेको बताउछन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार