एमाले निकट अनेरास्ववियु कैलाली जिल्ला सह-सचीवद्वारा पार्टी परित्याग, गठबन्धनका उम्मेदवारलाई जिताउन सहयोग गर्ने

कैलाली । नेकपा(एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।शनिबार प्रेस बिज्ञप्ति निकाल्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

बिष्ट लामो समय देखि नेकपा एमालेमा रहि विभिन्न संगठन हुँदै हाल अनेरास्ववियु कैलाली जिल्ला सह-सचीव रहेका थिए । पार्टी परित्याग गरि मंसिर ४ गते हुने आम निर्वाचनमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन लाग्ने जान बिष्टले बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।

उनले बिज्ञप्तिमा मार्फत भनेका छन नेकपा एमाले एक कम्युनिस्ट पार्टी भन्दा माथी एक प्रा.लि रुपमा सामुहिकता भन्दा ब्यक्तिबादी हुँदै बिधान र महाअदिवेशनले गरेका निर्णयहरुलाई उलंघन गर्दै ब्यक्तिबादी बढी हाबी हुँदै पार्टीलाई मनोमानी रुपमा संचालन भएकाले अब राष्ट्रियता,जनतन्त्र र जनजिविका को सवालमा नेकपा एमालेबाट केहि हुन नसक्ने देखिएका कारण एमाले पार्टी छोडेको हु ।

राष्ट्रिय राजनीतिकमा जनताका अपेक्षित सवाल,राष्ट्रियता,जनजिबिका र जनतन्त्रका सवालमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुबाट मात्र सम्भब हुने देखिएकाले आफ्नो सम्पुर्ण शक्ति गठबन्धनका साझ उम्मेदवारहरुलाई बिजय गराउन लाग्ने गरि पार्टी परित्याग गरेको बिज्ञप्ति मार्फत जानकारी दिएका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार