केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धनः श्रेष्ठ

अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे बयलगाडा प्रवृत्ति विरुद्ध वाम लाेकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । बयलगाडा प्रवृतिले दुईपटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्तिप्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएकाे श्रेष्ठले बताए ।

शनिबार अछामकाे कमलबजारमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले प्रतिगमन विरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै श्रेष्ठले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकाश र समृद्धि बाटाेमा देशलाई अघि बढाउने बताए ।

श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्तिप्रक्रियाका बाकी कामकाे टुंगो बताउदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारकाे विमानस्थल संचालनमा ल्याउने बताए ।

सभालाई सम्बाेधन गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धनले जितिसकेकाे र घाेषणा हुन बाकी रहेकाे बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दुई तिहाइ नजिककाे सरकार बनेपछि बादरलाइ दाैरा सुरवाल लगाएजस्तै खसखस भएर दुई पटक संविधान विघटन गरेकाे बताए । उनले सुर्य चिन्ह च्यातेर राजेन्द्र र कमल थापालाई दिएकाे बताए ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशकाे आवश्यकताले गठबन्धन बनेकाे बताए। माओवादि नेका दुश्मन थियौं, समय फेरिएकाे छ । देशकाे लाेकतन्त्र जाेगाउन माओवादीसंग घाँटी जाेडिएकाे उनले बताए । महरले प्राप्त राजनीतिक उपलब्धिकाे रक्षाकाे लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । संविधान र लाेकतन्त्रकाे रक्षाकाे लागि भिम रावलले गठबन्धनलाई सहयाेग गर्ने विश्वास व्यक्त गरे । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार