मोहन्याल-३ मा नेकपा एमालेका वडा सचीव सहित १० जना बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ बाट नेकपा एमाले परित्याग गर्दै १० जना बढी नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन ।

प्रवेश गर्नेमा नेकपा एमालेका मोहन्याल गाउँपालिका वडा नम्बर-३ का वडा कमिटी सचीव कविराज थापाको नेतृत्वमा १० जना बढी नेकपा एमालेका नेताकार्यकर्ता (माओवाद केन्द्र) मा प्रवेश गरेका हुन ।

बुधबार बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम सङ्गै आयोजित कार्यक्रममा उनीहरुलाई बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) का साझा उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) ले टिका माला लगएर स्वागत गरेका हुन ।

कार्यक्रममा स्वागत गर्दै बाम लोकतान्त्रिक साझा गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार नन्द बहादुर साउदले अहिलेको यो गठबन्धन देशको आवश्यकता भएको बताए । साथै अहिले देश चुनावी मैदानमा रहेका बेला उनीहरुलाई पनि चुनाव प्रचार प्रसारमा एक जुट हुँदै गठबन्धनका साझा उम्मेदवार लाई निर्वाचित गराउन एकरुपताका साथ अघि बढन आग्रह गरेका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार