मोहन्यालमा गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रमलाई दियो तीब्रता

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलोसगित चुनावी कार्यक्रम तीब्र पारेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

शुक्रबार क्षेत्र नम्बर २ अन्तर्गत मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडी र पट्रेनी लगाएतका स्थानमा  गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार भगत बहादुर बडुवाल र प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद(राजेन्द्र ) लगाएतको उपस्थिति रहेको थियो । चुनावी अभियानका क्रममा रहेका उम्मेदवारलाई भव्य स्वागत गरिएको थियो ।

कार्यक्रममा सहभागी उम्मेदवारहरुले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे । सो क्रममा यहाँका स्थानीय नागरिकले आफुले विगत लामोसमय देखि भोक्दै आएका शिक्षा ,स्वास्थ्य ,खानेपानी ,यातायात ,सिचाइलगाएतका  समस्याहरु राखेका थिए ।

स्थानीयका समस्या सुनेपछि उम्मेदवारहरुले आफू निर्वाचित भएपछि ती कुरालाई प्रमुख प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार