सुदुरपश्चिम विशेष

मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

लम्की । राजनीतिज्ञ एवम् समाजसेवी ढक बहादुर बिक (अरुण)ले मृतकका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाछन् । रोजगारीको लागि भारतमा काम गर्न गएका लम्कीचुहा नगरपालिका ६ चैनपुरका ३० बर्षिय मृतक चक्र बिकको परिवारलाई सोमबार घरमै पुगेर बिकले खाद्यान्न सामाग्री सहयोग गरेकाहुन् । डेंगी रोगका कारण बिकको कार्तिक ५ गते भारतको हरियानामा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो । बिकको आर्थिक अवस्था कमजोर भई किरियाँ गर्नमा समेत समस्या भएको थाहा पाएपछि मानव सेवाको लागि आफूले सामान्य सहयोग गरेको बिकले बताए । बिकले १ बोरा चामल, दाल,नुन, तेल, बेसार र साबुन सहयोग गिरेका थिए । मृतक बिकको आर्थिक अवस्था धेरै कमजोर छ ।…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ बाट नेकपा एमाले परित्याग, १ सय ५० बढि नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया-३ बाट नेकपा एमाले परित्याग, १ सय ५० बढि नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले पार्टी परित्याग गरेर मंगलबार १ सय ५० बढि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का हल्तोलि परिवारका १ सय ५० जना बढी नेकपा एमालेका पार्टी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति), नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर सोडारि (दर्शन), नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सचीव तथा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया-४ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेला तथा प्रशिक्षणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका साथै अपनाउनु पर्ने चुनावी रणनीतिका बारेमा छलफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार भगत बहादुर बडुवालले यतिबेला सिङो देश चुनावी माहोलमा जुटेका बेला सबै गठबन्धनभित्रका नेता कार्यकर्ताले आ-आफ्नो तह र तप्काबाट साझा उम्मेदवारलाई…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-१ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को विकास र समृद्धिका निम्ति सबैभन्दा बढी कार्ययोजना पूरा गरेको पाइएको छ । स्थानीय स्तरमा स्थानीय सरकार हुदाहुदै पनि पुर्व साङ्सद साउदले वडा नम्बर १ को लागि सबैभन्दा बढी विकाशे योजना कार्यान्वयन गरेको पाइएको छ । साउदले आफ्नो ५ वर्षिय कार्यकालमा वडा नम्बर १ मा पुर्व साङ्सद नन्द बहादुर साउदले ग्राभेलदेखि सडक पिच र मन्दिर देखि खानेपानी आयोजना तथा शिक्षाको लागि बालबिकाश केन्द्र देखि नदि कटानको मुख्य समस्या रोक्न तटबन्ध लगाएतका कार्ययोजना पूरा गरेका छ्न । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया-५ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को विकासका निम्ति थुप्रै कार्ययोजना पूरा गरेका छन । साउदले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ५ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के - कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो । माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ५ को लागि कृषि…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया-६ मा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रमको तयारी पुरा, आज ७ बजे उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा तिहार तथा छठ पर्बको अवसरमा हुन लागेको दिया देवारी सांस्कृतिक कार्यक्रम २०७९ को तयारी पुरा भएको छ । भाषा, कला, संस्कृतिके करी सम्मान । भेषभुषा, कला, संस्कृति हमार पहिचान ।। भन्ने मुल नाराका साथ हरेक वर्ष हुँदै आइरहेको उक्त कार्यक्रमको तयारी पुरा भएको आयोज टिमले जानकारी दिएको छ । आयोजकका अनुसार कार्यक्रमको आज साझ ७ औपचारिक रुपमा उद्घाटन हुने भएको छ  । बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि. को आयोजना तथा श्री जनआकृति बाल क्लबको सहकार्यमा कार्यक्रम हुने बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा. लि.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन । कार्यक्रमलाई…
पुरा पढ्नुहाेस्
जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन हो: साउद

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले जनताको विकास र समृद्धिको बाधक प्रतिगमनकारी विरुद्ध अहिलेको चुनावी गठबन्धन भएको बताएका छ्न । कैलालीको बर्दगोरिया गाउँपालिका ५ मा गठबन्धनले आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन । नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमिति सभापति कृष्ण विष्टको सभाध्यक्ष्तामा भएको कार्यक्रममा उनले पछिल्लो समय केही प्रतिगामी तत्वहरु जनताको विकास र समृद्धि मन्चन गरेर नेपाली जनतालाई आश्वासन मात्रै बाढ्ने गरेको हुदा ती सबै कुराको चिरफार गर्न मङ्सिर ४ गते हुने निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार लाई भोट हाल्नुको विकल्प नभएको बताए । निवर्तमान सुदुरपश्चिम प्रदेश…
पुरा पढ्नुहाेस्
आज छठ पर्वको दोस्रो दिन, ‘खरना’

आज छठ पर्वको दोस्रो दिन, ‘खरना’

काठमाडौं । आज छठ पर्वको दोस्रो दिन, खरना गरी मनाइँदै छ ।  छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । आजको दिन व्रतालुहरूले स्नान गरि चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले  कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरुप खानेछन् । यसवर्ष तिथिको घटबढले शुक्रबार तृतीया र चौथी दुवै परेको थियो। पर्वको प्रारम्भमा व्रतालुले शुक्रबार ‘नहाय–खाय’ विधि पूरा गरे । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल तृतीयाकै दिन शुक्रबार नै व्रतालुले ‘अरबा–अरबाइन’ गरे…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यी दुई प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ भने  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।  प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे

कैलालीमा जग्गा बेच्दै धान किनेर खाने बढे

कैलाली । जिल्लाको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक अभियन्ता भीमराम चपाईँले पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने गर्नाले समस्या भएको बताए। उनले टीकापुरमा सुरुको गुरुयोजना, त्यसपछिको आवधिक योजना हराएको गुनासो गर्दै यहाँ हरेक ठाउँमा आर्थिक अनियमितता भइरहेकाले नागरिकले जीवनस्तर वृद्धि गर्न नसकेको बताए। “जनप्रतिनिधि संयमित हुनुपर्छ, हरेक कार्यमा निगरानी बढाउनुपर्छ”, उनी भन्छन्, “विकासका सवालमा गुरुयोजनाअनुसार काम गरेमा गुणस्तरीय हुन्छ। यहाँ नागरिकले पनि हरेक काममा सवाल गर्न आवश्यक छ।” मानिस अल्छी बन्दै गएकाले भएको…
पुरा पढ्नुहाेस्