बर्दगोरिया-४ मा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियामा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) को चुनावी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न भेला तथा प्रशिक्षणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कसरी गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिन्छ भन्ने बारेका साथै अपनाउनु पर्ने चुनावी रणनीतिका बारेमा छलफल भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार भगत बहादुर बडुवालले यतिबेला सिङो देश चुनावी माहोलमा जुटेका बेला सबै गठबन्धनभित्रका नेता कार्यकर्ताले आ-आफ्नो तह र तप्काबाट साझा उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए । उनले यो या त्यो पार्टी नभनी पार्टी र गठबन्धनको सहमति सहकार्य भित्र रहि खट्नुपर्ने बेला आएको बताए । उनले निर्वाचनमा पराजित हुनु कुनै एक उम्मेदवारको हार नभएर सिङ्गो गठबन्धनको हार हुने भएकोले सोही कुरालाई ध्यानमा राखी अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रम कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार (प्रदेश सभा) नन्द बहादुर साउदले यो निर्वाचन भनेको एक देश र संविधानको रक्षाको लडाइ भएको बताए । उनले भने प्रतिगामीका विरुद्ध लोकतान्त्रिक बाम गठबन्धन एक चट्टानका रुपमा उभिनु पर्ने बेला आएको बताउदै आउदो निर्वाचनमा देशभर बाट साझा गठबन्धनका उम्मेदवार लाई जुनसुकै अवस्थामा पनि विजयी गराउनु पर्ने बताए ।

सोहि क्रममा उनले भने सबै जनाले आ-आफ्नो स्थानबाट गठबन्धनका उम्मेदवारलाई जिताउन र प्रतिगामी पार्टीले गरेका हर्कत हरुबारे पनि प्रष्ट रुपमा जानकारी गराउन जरुरी रहेको बताए । उनले गठबन्धनको जित भएमात्रै यहाँको विकास र समृद्धिले सार्थकता पाउनेमा विश्वस्त हुन आग्रह गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार