बर्दगोरिया-३ बाट नेकपा एमाले परित्याग, १ सय ५० बढि नेताकार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले पार्टी परित्याग गरेर मंगलबार १ सय ५० बढि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का हल्तोलि परिवारका १ सय ५० जना बढी नेकपा एमालेका पार्टी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति), नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लाल बहादुर सोडारि (दर्शन), नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सचीव तथा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले दोसल्ला टिका लगाएर संयुक्त रुपमा पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मनिसा बिश्वकर्माले आफुहरु बिगत लामो समय देखि निरन्तर रुपमा नेकपा एमाले पार्टीमा रहिरहेको भएपनि पार्टीले आफुहरुलाई सौतेनी व्यवहार देखाएपछि बाध्य भएर माओवादी केन्द्रमा प्रवेश गरेको बताईन । सोही क्रममा उनले भनिन; आफुहरु आफुखुसि रुपमा पार्टीमा प्रवेश गरेको हुँदा कसैको डर त्रास मा आफुहरु पार्टीको हित बिपरित कार्य नगर्ने कुरा समेत राखेकि हुन ।

यस्तै कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी सचीव तथा बाम लोकतान्त्रिक गठबन्धन कैलाली निर्वाचन क्षेत्र नम्बर २(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) आफुलाई २०७४ सालको निर्वाचनमा पनि जनताले विश्वास गरेर जिताएको बताउदै आफुले जनताको हक अधिकार र आवश्यकता अनुसार बिकास निर्माणका कार्यहरु गरेको बताए ।

आफुले प्रदेश सभा सदस्यको हैसियतले उक्त ठाउको विकास निर्माणका कार्यहरु अगाडि बढाएको बताए । यस्तै आसन्न मंसिर ४ गते हुने निर्वाचन पुन जनताहरुले आफुलाई बिश्वास गरि निर्वाचित गरेमा हिजोका अधुरा बिकास निर्माणका कार्यलाई पुरा गर्दै आउदो ५ वर्षमा जनताका आधारभूत आवश्यकता पुरा गर्ने बताए ।

सोहि क्रममा उनले भने बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को हकमा शिक्षा, स्वास्थ्य, खानेपानी, तटबन्ध, सडक, कृषि क्षेत्रमा आफुले गर्नु पर्ने बिकास निर्माणका कार्यहरू पुरा गरेको बताउदै बर्दगोरिया ३ र २ जोड्ने र ३ र ४ नम्बर वडा कार्यालय जोड्ने झुलुङ्गे पुलको समेत आफ्नै पहलमा शिलान्यास भएको बताए ।

यस्तै कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कैलाली निर्वाचन क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बहादुर बडुवाल (मुक्ति) ले आफुहरुले जनताका आधारभूत आवश्यकता हरु संविधान मा सुनिश्चितता गरेको बताए । सोहि संविधानमा रहि उक्त जनताका आधारभूत आवश्यकता पुरा गर्न मात्र बाकि रहेको बताए ।

उनले भने – सधै उम्मेदवारहरु चुनावको समयमा जनतामाझ सामान्य आधारभूत आवश्यकता लाई चुनावी नारा बनाउने गरेको बताउदै आफुहरु तथा गठबन्धनका साझा उम्मेदवार निर्वाचित भएर गएको खण्डमा आउदो निर्वाचनमा ति पुराना आधारभूत पुरा गर्दै नयाँ जनताको आवश्यकता र देशको आवश्यकता लाई पुरा गर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार