बर्दगोरिया-१ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को विकास र समृद्धिका निम्ति सबैभन्दा बढी कार्ययोजना पूरा गरेको पाइएको छ ।

स्थानीय स्तरमा स्थानीय सरकार हुदाहुदै पनि पुर्व साङ्सद साउदले वडा नम्बर १ को लागि सबैभन्दा बढी विकाशे योजना कार्यान्वयन गरेको पाइएको छ ।

साउदले आफ्नो ५ वर्षिय कार्यकालमा वडा नम्बर १ मा पुर्व साङ्सद नन्द बहादुर साउदले ग्राभेलदेखि सडक पिच र मन्दिर देखि खानेपानी आयोजना तथा शिक्षाको लागि बालबिकाश केन्द्र देखि नदि कटानको मुख्य समस्या रोक्न तटबन्ध लगाएतका कार्ययोजना पूरा गरेका छ्न ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के – कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट बर्दगोरिया १ नम्बर वडाको जनताको लागि प्रत्येक टोलटोलमा कुनै न कुनै योजना पूरा गरेको देखिन्छ ।

माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर १ को लागि आरसीसी रोड, सडक ग्राभेल ,कृषि ,सडक कालोपत्रे ,स्वास्थ्य ,शिक्षा, धार्मिक तथा सास्कृतिक प्रवर्द्धन र पहिचान ,विद्यालयको भौतिक पुर्वाधार निर्माणका क्षेत्रमा विशेष कार्ययोजना पूरा गरेको पाइएको छ ।

जनताको स्वास्थ्यका लागि पुर्व साङ्सद साउदले वडा नम्बर १ मा प्रसुती गृह निर्माण ,वडा नम्बर १ कै श्री बालकन्या मावि मा खानेपानीको लागि बोरिङ ,उत्तर मुडामा आरसीसी सडक,श्री वसन्त मुरारी नमुना माविमा ४ कोठे पक्की भवन ,उत्तर मुडाको सडक कालोपत्रे ,बसन्त मुरारीको खेलमैदान घेरबार ,उत्तर मुडामा सुविधायुक्त बालविकाश, यसको घेरबार ,कट्टिपुरमा पिच सडक,कट्टिपुरमा खानेपानी र सिचाइको लागि डीप बोरिङ निर्माणको कार्ययोजना पूरा गरे ।

यसैगरी वडा नम्बर १ मा काडा कुइरा नदीको कटानको लागि दमौरी र मुडा पुलसम्म ३ स्थानमा तटबन्ध ,एसे भवन समेत निर्माणको लागि कार्ययोजना पूरा गरे ।

यहाँका कृषकहरुको लागि अनुदान ,कृषि पकेट क्षेत्र ,अनुदानमा बाख्रा वितरण ,माछापालक किसानको लागि अनुदान ,पकेट क्षेत्र घोषणा देखि धान पकेट क्षेत्र ,रामपुरदेखि साझा जोड्ने सडक कालोपत्रे लगाएतको काम समेत आफ्नै कार्यकालमा पूरा गरेको पाइएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार