बर्दगोरिया-५ मा पुर्व सांसद साउदले गरेका बिकासे योजनाको रिपोर्ट

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका पुर्व सांसद नन्दबहादुर साउद (राजेन्द्र ) ले कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को विकासका निम्ति थुप्रै कार्ययोजना पूरा गरेका छन । साउदले आफ्नो ५ वर्षिय कार्यकालमा बर्दगोरिया ५ नम्बर वडामा मात्रै दर्जनौ कार्ययोजना पूरा गरेको पाइएको छ ।

आउँदो मङ्सिर ४ गते हुने निर्वाचनका लागि संयुक्त बाम लोकतान्त्रिक गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका साउदले आफ्नो कार्यकालमा यहाँको विकास र समृद्धिका लागि के – कति योगदान गरे ? भनी गरेको खोज अध्ययनबाट यसको तथ्य खुलेको हो ।

माननीय रहदा साउदले बर्दगोरियाका वडा नम्बर ५ को लागि कृषि ,सडक कालोपत्रे ,स्वास्थ्य ,शिक्षा, धार्मिक तथा सास्कृतिक प्रवर्द्धन र पहिचान ,विद्यालयको भौतिक पुर्वाधार निर्माणका क्षेत्रमा उनले विशेष गरि कार्ययोजना पूरा गरेको पाइएको छ ।

जनताको स्वास्थ्यका लागि पुर्व साङ्सद साउदले रामपुरमा स्वास्थ्य इकाईको भवन, भुरुवामा स्वास्थ्य इकाइको भवन निर्माण गरेका छ्न । यसैगरी रामपुरमा सडक कालोपत्रे भुरुवामा दुइकोठे चित्रकोट मन्दिरको ट्रस्ट निर्माण पनि उनकै कार्ययोजनामा बनेको छ ।

यता नारायण मावि बेलुवाम दुई कोठे भवन निर्माण गरिएको छ भने बेलुवामा डिप बोरिङ र रामपुरमा शिव मन्दिर निर्माण उनकै पहल र योजनामा बनेको छ ।

तपाईं साङ्सद हुँदा आफ्नो कार्यकालमा जनताको लागि के -कति काम गर्नु भयो ? भन्ने हाम्रो प्रश्नम साउदले आफ्नो ५ वर्षिय कार्यकालमा हरेक घर-घरमा योजना पुर्याउन नसकेपनि हरेक गाउँ ,टोल र वडामा कुनै न कुनै योजना र काम पुर्याएको बताए । उनले जनताको निम्ति गर्नसक्ने धेरै काम र योजना र बजेट बिनियोजन गरेको थिए । थुप्रै योजनाको काम पनि सकिएको छ ,केही योजनाको काम भने स्थानीय स्तरमै भएको ढिलासुस्तीले पूरा भने नभएका हुनसक्छन् ।

प्रदेश सभा सदस्यका उम्मेदवार रहेका साउदलाई फेरि तपाईंको मात्रै उम्मेदवारी किन, जनताले फेरि किन तपाइलाई भोट दिने ? भन्ने प्रश्नमा उनले जनताको लागि आफुले अधि सारेका थुप्रै अधुरा योजना छ्न । ती योजना र कामगर्न का लागि मेरो उम्मेदवारी हो, उनले भने ।

यी हुन बर्दगोरिया ५ को लागि पुर्व साङ्सद नन्द बहादुर साउदले पूरा गरेका कार्ययोजना
१. छराई सामुदायिक वनको भवन निर्माण
२. रामपुर खोप केन्द्रको भवन निर्माण
३. रामपुर स्वास्थ्य इकाईको भवन निर्माण
४. भुरुवा स्वास्थ्य इकाइको भवन
५.रामपुर सडक कालोपत्रे
६. भुरुवामा दुइकोठे चित्रकोट मन्दिरको ट्रस्ट निर्माण
७. नारायण मावि बेलुवाम दुई कोठे भवन निर्माण
८. बेलुवामा डिप बोरिङ
९. रामपुरमा शिव मन्दिर निर्माण
१०. बैदिपुरमा शिव मन्दिर निर्माण

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार