मृतकका परिवारलाई समाजसेवी अरुण बिकले गरे खाद्यान्न सहयोग

लम्की । राजनीतिज्ञ एवम् समाजसेवी ढक बहादुर बिक (अरुण)ले मृतकका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेकाछन् । रोजगारीको लागि भारतमा काम गर्न गएका लम्कीचुहा नगरपालिका ६ चैनपुरका ३० बर्षिय मृतक चक्र बिकको परिवारलाई सोमबार घरमै पुगेर बिकले खाद्यान्न सामाग्री सहयोग गरेकाहुन् । डेंगी रोगका कारण बिकको कार्तिक ५ गते भारतको हरियानामा उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

बिकको आर्थिक अवस्था कमजोर भई किरियाँ गर्नमा समेत समस्या भएको थाहा पाएपछि मानव सेवाको लागि आफूले सामान्य सहयोग गरेको बिकले बताए । बिकले १ बोरा चामल, दाल,नुन, तेल, बेसार र साबुन सहयोग गिरेका थिए ।

मृतक बिकको आर्थिक अवस्था धेरै कमजोर छ । बालबच्चाहरु सानो उमेरकाछन् । मृतकका बुवा प्यारालाईसिस रोगले लामो समय देखि थला परेकाछन् । बुवाको उपचार गर्दा लागेको ऋण पनि धेरै रहेको समाजसेवी लोग बिकले बताए । घरमा खानाको समेत समस्या भएको यस्तो अवस्थामा सानो सहयोग पनि धेरै हुने भएकोले बिकले गरेको सहयोगले केही सहज हुने उनले बताए ।

बुवाको काजकिरियाँमा बसेका १२ बर्षका छोरा जिवन बिकले आफूहरुको पढाई बिचैमा रोकिने होकी भन्ने चिन्ताले सताउने गरेको बताए । श्रीमान्को निधनले नाबालाक ३ छोरा कसरी हुर्काउने, पढाउने र साहुको ऋण तिर्ने भन्ने समस्याले मन पिरोली रहेको श्रीमती भुमिसराले बताईन् । खाद्यान्न सामाग्री सहयोग गर्ने बिकलाई धन्यवाद् दिदै सहयोगी मन सबैलाई सहयोगका लागि उनले अनुरोध समेत गरेकीछन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार