श्री महुन्याल मा.वि.को १२ कोठे भवनको शिलान्यास, (फोटोफिचर)
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री महुन्याल मा.वि को १२ कोठे भवनको शिलान्यास गरिएको छ । बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले उक्त १२ कोठे बिधालयको भवनको शिलान्यास गरेका हुन । राष्ट्रिय योजना आयोगको करिब डेढ करोड लागत उक्त भवन बन्न लागेको बिधालय व्यवस्थापन समितिका अध्यक्ष धोज बहादुर सुनारले जानकारी दिए । अध्यक्ष सुनारका अनुसार उक्त भवन निर्माणको ठेक्का एल.डि.थ्री फिचर प्राइभेट लिमिटेडले पाएको छ । उक्त भवन २०८० साल असार मसान्तसम्म निर्माण कार्य सम्मान हुने गरि ठेक्का भएको उनले बताए । उक्त १२ कोठे भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष कुवरले विद्यालयको बृद्धि विकास र…

















