वैदेशिक रोजगारीमा गएका थप १४७९ जनाले गुमाए अकालमै ज्यान

काठमाडौं । रोजगारीमा गएका थप १४७९ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७८–७९ मा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका १४७९ जनाले आफ्नो अकालमै ज्यान गुमाएका छन् । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको ज्यान गएको मानव अधिकार आयोगले जनाएको छ ।

आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुकमा अधिक नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।
यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा उल्लेख छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ । –न्युज कारखाना

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार