कैलालीमेरो माइक्रोफाईनान्स दोधारा कञ्चनपुर शाखाद्धारा शैक्षिक सामाग्री बितरण
कैलाली । मेरो माइक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालय कञ्चनपुरले शैक्षिक सामाग्री बितरण गरेको छ । आइतवार एक कार्यक्रमका बिच कञ्चनपुरको दोधारा चादनी नगरपालिका वडा न ४ पिपल चौतारामा रहेको मालिका आधारभुत बिद्यालयका ७२ जना बिद्यार्थीहरुलाई संस्थाको दोधारा शाखा कार्यालयले शैक्षिक सामाग्री बितरण गरेको हो ।‘शिक्षा नै समाज बिकासको मूल आधार हो भन्ने कुरालाई मध्यनजर गर्दै बिद्यार्थीहरुलाई अध्यापनमा सहयोग होस भन्ने उदेश्यका साथ मेरो माइक्रोफानान्स लघुबित्त बित्तिय संस्था शाखा कार्यालयले स्कुल ब्याग, कापी र पेन्सिल लगायतका शैक्षिक सामाग्री बितरण गरेको शाखा प्रमुख दीपेन्द्र बटालाले जानकारी दिएका छन । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पितृ बहादुर शाहीको अध्यक्षताका आयोजित शैक्षिक सामाग्री बितरण…

















