केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लाेकतान्त्रिक गठबन्धनः श्रेष्ठ
अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे बयलगाडा प्रवृत्ति विरुद्ध वाम लाेकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । बयलगाडा प्रवृतिले दुईपटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्तिप्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएकाे श्रेष्ठले बताए । शनिबार अछामकाे कमलबजारमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै श्रेष्ठले प्रतिगमन विरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै श्रेष्ठले चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकाश र समृद्धि बाटाेमा देशलाई अघि बढाउने बताए । श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्तिप्रक्रियाका बाकी कामकाे टुंगो बताउदै द्वन्द्वपीडितलाई न्याय दिने बताए । त्यस्तै गठबन्धन सरकारले कमलबजारकाे विमानस्थल संचालनमा…

















