बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटि बाट विप्लव पार्टी परित्याग गर्दै हरि चौधरी लगाए १२ जना विप्लवका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन ।
मंगलबार बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम सङ्गै आयोजित कार्यक्रममा उनीहरुलाई बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) का साझा उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) र नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौरले टिका माला लगएर स्वागत गरेका हुन
सोहि कार्यक्रम नेकपा एमाले बाट पार्टी परित्याग अर्का एक जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन । उनलाई पनि साझा बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार साउद र नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री राठौरले टिका माला लगाएर स्वागत गरेका हुन।
कार्यक्रममा स्वागत गर्दै बाम लोकतान्त्रिक साझा गठबन्धन बाट कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार नन्द बहादुर साउदले अहिलेको यो अमुल्य समय रहेको बताएका हुन । चुनावी मैदान रहेका बेला उनीहरुलाई पनि चुनाव प्रचार प्रसारमा एक जुट हुँदै गठबन्धनका साझा उम्मेदवार लाई निर्वाचित गराउन एकरुपताका साथ अघि बढन आग्रह गरेका हुन ।
सोहि क्रममा उनले आम जनता माझ यहिलेको देशको अवस्था बारे जानकारी गराएका हुन । उनले जोडे यो अव्यवस्थामा जनताले गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउदै प्रतिपक्षी दल नेकपा एमालेलाई आफ्नो जवाफ दिने बेला आएको बताए ।
यस्का साथै आफुले गत ५ वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा गरेका कामहरु र आउदा दिनहरुला गर्ने कार्योजना बारे छोटकरी जानकारी दिएका हुन ।