लम्कीचुहा-६ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो, (तस्वीर सहित)

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रमसहित चुनावी अभियान तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

यसैक्रममा मंगलबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ का साझा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भगत बडुवाल, निर्वाचन क्षेत्र नम्बर २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले लम्कीचुहा वडा नम्बर ६ मा आज घरदैलो तथा चुनाव प्रचारप्रसार कार्यक्रम तीब्रता दिएको हो ।

उक्त चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौर, नेकपा एकीकृत समाजवादी पार्टीका जिम्मेवार नेता कार्यक्रम लगाएत पाँच दलित गठबन्धनका नेता कार्यकर्ताहरु रहेका थिए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार