बाम लोकतान्त्रिक गठबन्धनको लम्कीचुहा-८ मा घरदैलो, (फोटोफिचर)…

लम्कीचुहा । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) मा बाम लोकतान्त्रिक गठबन्धनले घरदैलो कार्यक्रमसहित चुनावी अभियान तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि बाम लोकतान्त्रिक गठबन्धनले यहाँ घरदैलोसहित चुनावी कार्यक्रम तीब्र पारेको हो ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको  टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

यसैक्रममा सोमबार कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र) ले लम्कीचुहा वडा नम्बर ८ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेको हुन ।

घरदैलो अभियानका क्रममा गठबन्धनले यहाँको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) लाई भोट हाल्न अपिल गरेको छ । उनी निवर्तमान सुदुरपश्चिम प्रदेश सभा सदस्य हुन ।

यतिबेला बाम गठबन्धनले आफ्ना उम्मेदवार सहित मतदाताको घरघरमै पुगेर मत मागिरहेको छ । प्रचार प्रसार अभियानमा गठबन्धनका नेता र उम्मेदवारले यहाँका  नागरिकका गुनासा सँगै आगामी ५ वर्षको लागि सुझाव सल्लाह समेत  मागिरहेको छ ।

बाम गठबन्धनले आम नागरिकमा एक ढिक्का भएर चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई आग्रह रहेको छ । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार