मौसम पूर्वानुमान, तत्काल वर्षाको सम्भावना छैन

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही तराईका धेरै भू(भागहरुमा हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश एकका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश एकको हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । तत्काल देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

प्रदेश एकका हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको र तराईका भू(भागमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना समेत रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार