कैलालीको मोहन्याल गा.पा अध्यक्ष उपाध्याय सहित १५ जनाले पाए विशेष अध्यक्षबाट सफाइ
मोहन्याल कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ पाएका छन । पालिका अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृतलगायत १५ जनालाई बिहिवार विशेष अदालतले सफाइ दिएको हो । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र डा.खुशीप्रसाद थाको संयुक्त अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दाका सबै १५ प्रतिवादीलाई सफाइ दिएको हो । गैरकानूनी रुपमा राजस्व मिनाहा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनीहरु निलम्बनमा परेका थिए । अदालतमा मुद्दा परेसँगै वर्तमान गाउँपालिका अध्यक्ष उपाध्यायले कामकाजसमेत गर्न पाएका थिएनन् । गाउँपालिका कार्यबाहक अध्यक्षको भरमा संचालन भइरहेको थियो । गत बैशाख १ गते…


















