गाउँपालिका अध्यक्ष द्वारा बर्दगोरिया-३ का बिभिन्न विकासे योजनाको स्थलगत अनुगमन
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न । उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्ष ०७९/८० मा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । सोही क्रममा उनले आइतबार वडा नम्बर ३ मा संचालित विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका क्रममा उनले वडा नम्बर ३ मा संचालित अबस्थामा रहेको (रानिकुन्डा सामुदायिक स्वास्थ्य इकाई) अन्तर्गत प्रसुती गृह,खानेपानी, रिङरोड, गौशाला तथा भूमि नापी नक्शाको अनुगमन…
















