सुदुरपश्चिम विशेष

श्री पारस आधारभूत र लक्ष्मी आधारभूत बिधालयको बिधालय व्यवस्थापन समिति गठन

श्री पारस आधारभूत र लक्ष्मी आधारभूत बिधालयको बिधालय व्यवस्थापन समिति गठन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री पारस आधारभूत बिद्यालयको बिधालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार बिधालय व्यवस्थापन समितीका ज्येष्ठ सदस्य जंजिराम डगौराको अध्यक्षतामा भएको बैठक बाट नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । जस अनुसार अमित कुमार कठरिया को अध्यक्षतामा नयाँ बिद्यालय व्यवस्थापन समितिको गठन गरिएको हो । यस्तै आज नै वडा नम्बर ६ कै श्री लक्ष्मी आधारभूत बिधालयको पनि बिधालय व्यवस्थापन समिती गठन गरिएको हो । बिधालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सतिश कठरियाको अध्यक्षतामा बसेको बैठक ले नयाँ बिधालय व्यवस्थापन समिती गठन गरेको हो । जस अनुसार बिरेन्द्र कठरिया अध्यक्षता मा नयाँ…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा निर्माणाधीन विकासे योजनाको गाउँपालिका उपाध्यक्ष द्वारा अनुगमन

बर्दगोरियामा निर्माणाधीन विकासे योजनाको गाउँपालिका उपाध्यक्ष द्वारा अनुगमन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा भए गरेका बिभिन्न विकास योजनाको स्थलगत अनुगमन तिब्र पारिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका अध्यक्ष गणेश राज (गिरि) पछिल्लो समय पालिकामा भए गरेका विकास निर्माणको अनुगमनमा जोड दिदै गएका छ्न । उनले संङघ, प्रदेश र स्थानीय सरकारबाट चालु आर्थिक बर्षमा बजेट विनियोजन भैइ निर्माणाधीन एवम् सम्पन्न भई सकेका वडा नं. १ देखि ६ सम्मका विकास निर्माणका योजनाको अनुगमनमा सक्रिय बनेका हुन । शुक्रबार मात्रै उनले वडा नम्बर ५ भुरुवामा निर्माणाधीन चर्चको पर्खाल ,भुरुवामा बनेको मुरुवा लगाएत विभिन्न योजनाको स्थलगत अनुगमन गरेका छ्न । स्थलगत अनुगमनका उनले विकास निर्माणका योजनाको बारेमा जानकारी लिंदै तोकिएको…
पुरा पढ्नुहाेस्
मिस नेपाल २०२३ को छनौट प्रक्रिया आज देखि धनगढीमा शुरु

मिस नेपाल २०२३ को छनौट प्रक्रिया आज देखि धनगढीमा शुरु

कैलाली । कैलालीको धनगढीमा आज शुक्रबारदेखि मिस नेपाल २०२३ को छनौट प्रक्रिया सुरु हुने भएको छ। प्रतियोगितामा सहभागि हुन १६ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले बताएका छन । मिस नेपाल २०२३ को छनोट प्रक्रियामा छनोट हुनको लागी न्यूनतम ५ फिट ३ इन्च उचाइ पुगेको हुनु पर्ने छ। मिस नेपाल प्रतियोगितालाई थप फराकिलो बनाउन यो पटक सात वटै प्रदेशबाट अडिसन लिन लागिएको हो । मिस नेपाल २०२३ को आवेदन चैत्र १, २०७९ (मार्च १५ २०२३) सम्म खुला रहनेछ। मिस नेपाल २०२३ को फाइनल ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने आयोजकले बताएको छ।…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण आज  देशका पहाडी भू-भागको मौसम आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार  कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरियामा ३ दिने व्यवसायिक बाख्रा पालन तालीम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा ३ दिने व्यवसायिक बाख्रा पालन सम्बन्धि तालीम बिहिवार बाट शुरु भएको छ । तालीम पालिकाको वडा नम्बर १ को सभाहलमा शुरु भएको हो । तालिम पालिकाको वडा नम्बर ३ का २५ जना मुक्तकमैया शिविरका नागरिकलाई दिइदै छ । बर्दगोरिया गाउँपालिका पशु स्वास्थ्य शाखाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम अन्तरगत विनियोजित रकम बाट उक्त तिन दिने तालिमको संचालन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले सरकारले लगाएको लगानीको आम जनताहरुले सहि रुपमा सदुपयोग गर्नु पर्ने बताए । उनले भने यो तालिम आम जनतको आर्थिक उन्नतिका निम्ति रहेको…
पुरा पढ्नुहाेस्
घोडाघोडी महोत्सव २०७९ आज देखि शुरु हुँदै

घोडाघोडी महोत्सव २०७९ आज देखि शुरु हुँदै

बर्दगोरिया । कैलालीको घोडाघोडी नगरपालिकामा आजबाट घोडाघोडी महोत्सव २०७९ सुरु हुने भएको छ । आज एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले महोत्सवको उद्घाटन गर्ने भएका छन । महोत्सवमा बिहान १० बजे देखी झाकि प्रस्तुति सुरु हुने र करिब १२ बजे महोत्सव उद्घाटन हुने घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए । आजबाट सुरु हुने महोत्सव २८ गते सम्म जारी रहने छ । यहाँ १ सय स्टल छन् । कैलालीको मध्य क्षेत्रको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष गौतमले बताए । प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत रहेको छ ।
पुरा पढ्नुहाेस्
जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ र २ मा रहेको जय महाकाली ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा हिक्मत बम २ सय ८९ मत ल्याई निर्वाचित भएका छन । साधारण सभाबाट अध्यक्ष पदमा सहमती नजुटे पछि मतदान प्रक्रियामा जानू परेको हो । अध्यक्ष पदमा तीन कार्यकाल कार्यसमिति अध्यक्ष रहेका हिक्मत बम पुन मतदान बाट पनि चौथो कार्यकालका लागि निर्वाचित भएका छन । बमले निकटतम प्रतिस्पर्धी रहेका मदन राज ढुङ्गाना लाई ९६ मतान्तरले पराजित गरेका हुन । ढुङ्गानाले १ सय ९३ मत ल्याए भने बिजयी हिक्मत बमले २ सय ८९ मत ल्याउदा २ मत बदर…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ: करोडौंको राजस्व छली

बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ: करोडौंको राजस्व छली

बर्दगोरिया । कलालीको बर्दगोरिया गाउँपालिकामा एन.आर.सी.ट्रेडिङ नाम गरेको एक नेटवर्किङ व्यवसायको कार्यालय सञ्चालनमा छ । यो केन्द्रीय कार्यालय हो भने सुदूरपश्चिमका बाकी ८ जिल्ला सहित कोहलपुर, सुर्खेत र दैलेखमा गरी थप १० वटा शाखाहरू समेत सञ्चालनमा छन् । कार्यालयका कर्मचारीहरूले दैनिक आवश्यक पर्ने बस्तुको खरिद बिक्री गरेको दाबी गर्छन् तर निश्चित मूल्य नतिरी बस्तु खरिद गर्न पाइँदैन । सामान खरिद गर्न अनिवार्य रूपमा सदस्यता लिनै पर्ने हुन्छ । उनीहरूले ५ हजार देखी २० हजार सम्मका विभिन्न स्किम राखी व्यापार गर्ने गरेका छन् । उनीहरूले बस्तु खरिद पछि आम्दानी गर्न दायाँ/बायाँ थप एक/एक जनालाई बस्तु खरिद गराउनु पर्ने बाध्यता हुन्छ ।…
पुरा पढ्नुहाेस्
अभिनेता पल शाह आज रिहा हुँदै

अभिनेता पल शाह आज रिहा हुँदै

काठमाडौं । अभिनेता पल शाह आज रिहा हुने भएका छन । जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज उच्च अदालत पोखराबाट रिहा हुने भएका हुन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए । शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते…
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज राष्ट्रियसभाको बैठक आज बस्दै छ ।सङ्घीय संसद्अन्तर्गत बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् । साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पुरा पढ्नुहाेस्