सुदुरपश्चिम विशेष

बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)

बर्दगोरिया-६ मा गुरही असरैना कार्यक्रम सम्पन्न (तस्बिर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर -६ मा “थारु भाषा, सांस्कृति हमार पिहचान; संरक्षण ,संवद्वन कर्ना हमार अभियान " भन्ने नाराका साथ थारु समुदायको पहिलो तिहार गुरही असरैना कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ६ मा अवस्थित श्री जनजागरण युवा क्लबको आयोजना भएको उक्त थारु समुदायको पहिलो तिहार गुरही असरैना कार्यक्रम सोमबार भव्यरुपमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारीका मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवा क्लबले आफ्ना पुराना परम्परालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको भन्दै धन्यवाद व्यक्त गरे ।…
पुरा पढ्नुहाेस्
कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलालीको एक कस्मेटिक पसलमा आगलागी

कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी भएको छ । ३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा १२ लाख बढीको क्षति भएको बताइएको छ  ।पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
पुरा पढ्नुहाेस्
आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

आज गुरही पर्व; ११ पालिकाले दिए स्थानीय विदा

कैलाली । आज थारुहरुको पहिलो तिहार गुरही पर्वको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका सहित जिल्लाका ११ पालिकाले स्थानीय बिदा दिएका छन। उक्त स्थानीय बिदामा गाउँपालिका/नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय बिदा हुने भएको छ । १३ पालिका रहेको कैलाली जिल्लाका पहाडी पालिका मोहन्याल गाउँपालिका र चुरे गाउँपालिकाले स्थानीय बिदा दिएका छैनन् ।
पुरा पढ्नुहाेस्
लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

लम्कीचुहा-१० ले भन्यो सडक छेउछाउमा पशुचौपाया नबाध्नुस

बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिकाका वडा नम्बर १० ले सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्ण सामाग्री नथुर्पान अनुरोध गरेको छ । वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न अनुरोध गरेको हो । साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढेको वडा अध्यक्ष हर्क बहादुर कठरियाले बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउने उद्देश्यका साथा सडक छेउछाउमा पशुचौपाया नवाँध्न तथा भौतिक संरचना निमार्णका सामाग्री नथुर्पान आज एक सूचना मार्फत सम्पुर्ण वडा बासीहरुलाई जानकारी दिएका छौं । उक्त सुचनाको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया ३ मा प्रसुती गृहको उद्घाटन, छिट्टै एम्बुलेन्स उपलब्ध गराउछु : अध्यक्ष कुँवर

बर्दगोरिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीकुण्डा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति गृहको उद्घाटन गरिएको छ । आईतवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सो प्रसुती गृहको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले नागरिकका समस्यानै आफ्ना समस्या भयको बताउदै कुनैपनि नागरिकलाई आधारभूत सेवा-सुबिधा र अधिकारबाट बञ्चित हुन नदिने बताउनु भयो ।   पालिका अध्यक्ष कुँवरले भन्नुभयो पिछडिएको वडाको रुपमा रहेको ३ नम्बर वडालाई बिकास गर्न आफू निरंतर लागी परेको छु । साथै यश क्षेत्रका जनताले समस्या भोग्न नपरोस् भन्दै चाडै एम्बुलेन्स उपलब्ध गराउने बताउनु भयो । नव निर्मित प्रसुति भवनको उद्घाटन गर्दै अध्यक्ष कुँवरले बर्थिङ…
पुरा पढ्नुहाेस्
भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

भिमदत्त राजमार्ग सञ्चालन गर्न मन्त्री ज्यालाले दिए मातहतका निकायलाई निर्देशन

कैलाली । पहिरोले अवरुद्ध हुनपुगेको भिमदत्त राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्री ज्वालाले हिजो मात्रै पहिरो प्रभावित भीमदत्त राजमार्गको स्थलगत अनुगमन गर्दै सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण राजमार्ग अवरुद्ध भएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । गत साउन २२ गते राति परेको अविरल वर्षा सङ्गै गएको पहिरोले सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म भीमदत्त राजमार्गमा आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ । खण्डमा दुई…
पुरा पढ्नुहाेस्
नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट चयन

नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा भट्ट चयन

२७ साउन, धनगढी नेपाल कुरियर संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा नवराज भट्ट चयन भएका छन् । शनिबार धनगढीमा भएको संघको प्रथम अधिवेशनले भट्टको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा मुकेश बोहरा, सचिवमा अनिल चौधरी तथा कोषाध्यक्षमा खगेन्द्र प्रसाद ओझा चयन भएका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा जीवन पाण्डे, भोज बहादुर शाही, अनिल चौधरी, पदम खरेल, घनश्याम पौडेल, नवराज भण्डारी र डम्बर सिंह रहेका छन् । संघका तदर्थ समितिका अध्यक्ष नवराज भट्टको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथि नेपाल कुरियर सेवा संघका कोषाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि तिलराज खतिवडा र विशिष्ट अतिथि केन्द्रीय सदस्य टंकमणि…
पुरा पढ्नुहाेस्

नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न: अध्यक्षमा चक्र शाही

बर्दगोरिया । नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार नेपाल राहत शिक्षक बर्दगोरिया गाउँ कार्यसमितिका अध्यक्ष इन्द्र खतिवडाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि नेपाल राहत शिक्षक संगठन कैलाली जिल्ला कार्यसमिति अध्यक्ष सागर जोशी रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष जोशीले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै संगठनले राहत शिक्षकको हक हितमा न्याय पुर्ण तरिकाले आफ्नो कार्य गर्दै आएको बताए । बिगत लामो समय देखि राहतमा कार्यरत शिक्षक हरुको हक हितमा सरकारको ध्यानाकर्षण हुने गरि आफुहरुले आफ्ना कार्यक्रमहरु निरन्तर रुपमा गरिएको बताए । यस्तै अधिवेशनले चक्र बहादुर शाहीको अध्यक्षतामा ११…
पुरा पढ्नुहाेस्

आजको मौसम :  यी प्रदेशमा चट्याङसहित भारी वर्षा

काठमाडौँ । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणाली को पनि प्रभाव रहेको छ। जसका कारण हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै गण्डकी प्रदेशका केही,  बागमती, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई…
पुरा पढ्नुहाेस्

सुदुरपश्चिम सहित देशभरको मौसम बदली; केही स्थानमा भारी वर्षा

काठमाडौँ । हाल देशमा उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। जसको प्रधावले लुम्बिनी तथा सदूर पश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राति भने कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका…
पुरा पढ्नुहाेस्