रानीजरुवा सामुदायिक व.उ.समुहकाे ९ औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा रहेको रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मनऋषि आचार्य रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै वडा अध्यक्ष आचार्यले “हरियो वन नेपालको धन” भन्ने कुरालाई सबैले आत्मसात गर्नु पर्ने बताए । तर पछिल्लो समय वन क्षेत्रमा चोरी तस्करी का घटना बढ्दो क्रममा रहेका छन । ति चोरी तस्करीका घटना लाई न्यूनीकरण गर्न समुदाय वनको ठुलो भुमिका रहने बताए । सोही अनुरुप यस सामुदायिक वनले पनि चोरी तस्करीका घट्ना लाई न्यूनीकरण गर्दै सामुदायिक वनले प्राप्त गरेको आम्दानी समेत वडाको विकासमा लगाउने गरेको बताउदै धन्यवाद समेत व्यक्त गरे ।
सोही क्रममा उनले जोडे यति मात्र नभई सामुदायिक वन समितीले आफ्नो आर्थिक कारोवार समेत पारदर्शीताका रुपमा राख्दै उपभोक्ता हरुलाई सस्तो, सुलभ रुपमा काठ दाउरा उपलब्ध गराउनु अनुरोध गरे ।

यस्तै कार्यक्रमको विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य भिम बहादुर विश्वकर्मा, सव डिभिजन कार्यालय रामपुरका वन रक्षक राम वहादुर धामी रहेका थिए ।

सामुदायिक वनका सदस्य वीर बहादुर सुनारको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य राम बहादुर चौधरी, लालीगुराँस सामुदायीक वन उपभोक्ता समूहका सचिव पार्वती आचार्य, दानुफाटा नमूना सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष टेक राज जोशी, शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा राज रिजाल, न्यू ज्योति आधारभूत विद्यालयका प्र. अ. उपेन्द्र सुनार, रानीजरुवा सामुदायीक वन उपभोक्ता समूहका सल्लाहकार संयोजक पदम तिरुवा, रानीजरुवा सामुदायीक वन उपभोक्ता समुहका पूर्व अध्यक्ष रवी जनाला, समाज सेवी दल बहादुर तिरूवा, पशुपति युवा क्लबका रानिकुण्टाका उपाध्यक्ष महेश थापा, लगाएतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको समापन गर्दै सामुदायिक वनका अध्यक्ष लाल सिंह विश्वकर्माले वन जोगाउन एक जना अध्यक्ष मात्र नसक्ने बताए । त्यसैले वन संरक्षणको लागि सबै उपभोक्ताहरु आआफ्नो क्षेत्रबाट जागरुक हुन जरुरी रहने बताए । सोही क्रममा आफ्नो वन समितिले विभिन्न बाटोहरु मर्मत , महिलाहरुका लागि सीप मुलक तालिम उपभोक्ताहरुलाई, बंगुरका पाठाहरु पनि बितरण गर्दै आएको बताए ।

यस्तो आगमी आर्थिक वर्षमा वन समितिलाई उपभोक्ताले साथ दिए युवाहरुलाई रोजगार दिने उद्योग संचालन समेत गर्ने अध्यक्ष बताए ।

कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष भीम वहादुर बुढाले आर्थिक वर्ष २०७९ / ०८० को १२ लाख,२५ हजार, १ सय ६३ रुपैयाँ ३० पैंसा बराबरको आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।

उक्त वन २ सय ३३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस सामुदायिक वनमा २ सय ३० घर आवद्ध रहेका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार