बर्दगोरिया-६ ले भन्यो सडक छेउछाउ खाली गर्नुस

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले सडक छेउछाउ खाली गर्न निर्देशन दिएको छ । बुधबार वडाले एक सूचना जारी गर्दै पृथ्वीपुरदेखि राजीपुर, सुगरखाल हुँदै जोकाहीसम्मको सडक खण्डका छेउछाउ खाली गर्न भनेको हो ।

उक्त सडकहरू पानी पिचको तयारी भएको हुँदा सडक छेउछाउ खाली गर्न निर्देशन दिएको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए ।

सूचनामा भनिएको छ,- सडक छेउछाउमा गाईबस्तु बाध्ने, दाउरा घाँस राख्ने, घर निर्माण भौतिक सामाग्री थुपार्ने जस्ता कार्य नगर्नु होला । यदि यो सूचनाको अटेरी गरेको पाइएमा सडक पानी पिचका क्रममा लाग्ने जेसीबीसम्मको खर्च स्वम व्यक्तिले तिर्नुपर्ने तथा समान जफतसम्म हुने जनाएको छ ।

यसैगरी सूचना प्रकाशित भएको ३५ दिनभित्र सो कार्य नगरी सडक मापदण्ड विपरितको कार्य गरेको पाइएमा प्रचलित नियमअनुसार कारबाही गरिने वडा अध्यक्ष रामकृष्ण डगौरा थारुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

ग्राभेलिङ सडकका कारण लामो समयदेखि यहाँका नागरिकले धुलो धुवामा आवातजावत गर्नुपर्ने अबस्थालाई मध्यनजर गरि सो सडक पानी पिच गर्न लागिएको र यस कर्यमा सम्पुर्ण वडा वासीहरुलाई आआफ्नो क्षेत्र बाट सहयोग गर्न वडा अध्यक्ष थारुले वडाबासीलाई आग्रह गर्नुभयो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार