सुदुरपश्चिम विशेष

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चौधरीलाई बर्दगोरिया स्वागत

बर्दगोरिया । सुदुरपश्चिम प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई बर्दगोरिया गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । मंगलबार पालिकामा पुगेका मन्त्री चौधरीलाई यहाँका जनप्रतिनिधिले स्वागत गरेका हुन । मन्त्री बनिसकेको लामो समयपछि पालिकामा पुगेका चौधरीलाई बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, उपाध्यक्ष गणेश राज गिरि,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की ,निवर्तमान गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुले टीका र खादा लगाएर स्वागत गरेका छ्न । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,वडा नम्बर २ का अध्यक्ष गोविन्द विक, वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी तथा पालिकाका विभिन्न…
पुरा पढ्नुहाेस्
सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

सिडियो कार्यालय कैलालीद्वारा बौनियाँमा छापा, १६६ लिटर पेट्रोल बरामद

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीको टोलीले शनिबार बौनिया बजारमा छापा मारेको छ । खुलेयाम रुपमा बोतल र जर्कीनमा पेट्रोलियम पदार्थमा को बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा बौनिया बजारमा छापा मारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।   छापा मार्ने क्रममा उक्त पसलहरुको खानतलासी गर्दा १ सया ६६.५ लिटर पेट्रोल जर्कीन तथा बोलता भरेर राखेको अवस्थामा बरामद भएको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । बरामद गरिएका उक्त पेट्रोल ईलाका प्रहरी कार्यालय बौनियाले आफ्नो नियन्त्रणमा राखेको छ । सोही क्रममा प्रहरीले स्थानीय व्यावसायीलाई बोलाएर ईलाका प्रहरी कार्यालय बौनियामा छलफलसमेत गरेको छ । छलफलका क्रममा व्यापारीलाई खुला रूपले पेट्रोल बिक्रीवितरण…
पुरा पढ्नुहाेस्
श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

श्री राम जानकी सामुदायिक व.उ. समुहाको १६ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री राम जानकी सामुदायिक वन उपभोक्ता समुहाको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सामुदायिक वनका अध्यक्ष मिन बहादुर चौधरीको अध्यक्षतामा शनिबार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सव डिभिजन वन कार्यालय साढेपानीका वन रक्षक लन्क बहादुर बिश्वकर्मा रहेका थिए। यस्तै कार्यक्रमको विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वड नम्बर ६ का वडा सदस्य हिक्मत बहादुर कठायत रहेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को ८ लाख ८८ हजार १ सय १८ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरिएको थियो । कार्यक्रम सामुदायिक वनको भवन बर्दगोरिया ६ सुगुरखात भक्तिनिया डाडामा सम्पन्न भएको हो…
पुरा पढ्नुहाेस्
बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरियाका एक पुरुष भारतको गुजरातबाट बेपत्ता

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ सुन्दरपुर निवासी ४० वर्षीया दान बहादुर कठरिया भारतको गुजारा बाट बेपत्ता भएका छन । रोजगारको सिलसिला श्रावण १८ गते भारत गएका उनी २३ गते भारतकै गुजरात बाट बेपत्ता भएका हुन । उनी सँगै रोजगारीको सिलसिलामा रहेका घोडाघोडी नगरपालिका गणेशपुर निवासी बुधराम चौधरीका अनुसार उनी राति एकासी आफै रुमबाट बेपत्ता भएको बताए । उनके भने, " हामीहरु राति सँगै सुतेको थियौ, तर जब आफु उठे तब उनी त्यहा थिएन्न । त्यसपछि उनी आफ्नो सम्पर्कमा छैनन् । बेपत्ता भएका उनको परिवारजन तथा आफन्तले खोजी कार्य जारी गरेको बौनिया बजारका व्यापारी मधुकर सिजापतिले नौलो प्रेस…
पुरा पढ्नुहाेस्
सडकपुर बौनिया युवा क्लबको बार्षिक साधारण सभा सम्पन्न; अध्यक्षमा जुटेन सहमति

सडकपुर बौनिया युवा क्लबको बार्षिक साधारण सभा सम्पन्न; अध्यक्षमा जुटेन सहमति

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा वडा नम्बर १ मा अवस्थित सडकपुर बौनिया युवा क्लबको १९ औं बार्षिक साधारण सभा तथा ७ औं चुनाबी साधारण सभा बिहिवार सम्पन्न भएको छ । क्लबका अध्यक्ष जीवन बि सि को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । क्लबका बरिस्ठ उपाध्यक्ष धिरज शाहिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, सडकपुर बौनिया युवा क्लबका संस्थापक अध्यक्ष बल बहादुर बिष्ट , टेक राज जोशी, नेपाली काङ्ग्रेस…
पुरा पढ्नुहाेस्
टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण

कैलाली । कैलालीको टीकापुर घटनामा ज्यान गुमाएका नाबालकको शालिक अनावरण गरेका छन्। बिहिवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक टेकबहादुर साउदको शालिक अनावरण गरेका हुन । घटना भएको आठ वर्ष पुगेको दिनमा बिहीबार टीकापुरमा आयोजित एक कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी, पार्टी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, टेकका बाजे जंग साउद, बुबा नेत्र साउद लगायत परिवारजनले संयुक्त रूपमा शालिक अनावरण गरेका हुन्। पूर्व कैलाली क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीकै पहलमा शालिक निर्माण गरिएको हो। २०७२ भदौ ७ गते भएको टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी सहित…
पुरा पढ्नुहाेस्
कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलालीमा विङ्गर दुर्घटना, ३ जना घाइते

कैलाली । कैलाली सवारीमा दुर्घटना ३ जना घाइते भएका छन । जिल्लाको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा विङ्गर पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन् । ६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको से.१ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भइ दुर्घटना हुन पुगेको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन् । उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते तीनैजना को अवस्था सामान्य रहेको प्रहरीले जनाएको…
पुरा पढ्नुहाेस्
आज गौरा पर्व; सुदुरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै

आज गौरा पर्व; सुदुरपश्चिममा हर्षोल्लासका साथ मनाइँदै

कैलाली । आज गौरा पर्व । सुदुरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। प्रदेश बाहिर र विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले यो पर्व मनाउने गर्दछन। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा…
पुरा पढ्नुहाेस्
गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

गौरा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले दियो दुई दिन सार्वजनिक विदा

कैलाली । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा भोली र पर्सि भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । ति दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ । यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान…
पुरा पढ्नुहाेस्
गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

गुरही पर्वको अवसरमा रक्त दान कार्यक्रम

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा गुरही पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको पहिलो पर्व गुरही पर्वको अवसरमा घोडाघोडी नगरपालिका नगर स्तरीय भलमन्सा कार्यसमितिको आयोजनामा घोडाघोडी नगरपालिका-१ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त  रक्तदान कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको नगर स्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए । रक्तदान कार्यक्रमले रगत अभावका कारण बिरामीले ज्यान गुमाउने गरेको र यसले गर्दा केही राहत पुग्ने उनले बताए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको प्राविधिक सहयोगमा नगर स्तरीय भलमन्सा कार्यसमितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
पुरा पढ्नुहाेस्