बर्दगोरिले खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छान्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनौट प्रक्रिया अघि बढाएको छ । गाउँ सरकारले १७ वटा सामुदायिक विद्यालयको प्र.अ. पदका लागी भदौ १९ गते सूचना आह्वान गरेको थियो ।

सो अवधिमा आवेदन दिएकाहरू मध्ये ९ जनालाई छनौट समितिले छनौट गरेको छ । पालिकाभरिका विद्यालयमा हाल सम्म निमित्त प्रधानाध्यापकलाई कामकाज गर्ने गरी जिम्मा दिइएको थियो । तर अब भने बर्दगोरिया गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७९ तथा नियमावली २०८० को परिच्छेद ८ नियम २८ बमोजिम खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट थालिएको गाउँ सरकारका प्रवक्ता मिथुन गौतमले जानकारी दिए ।

छनौट भएका प्रधानाध्यापकहरूलाई बुधवार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा समेत खाइसकेको छ । जस अनुसार वसन्त मुरारी मा.वि. बौनियाँमा तारा प्रसाद जोशीलाई खटाइएको छ भने महुन्याल मा.वि. बासकोटीमा चन्द्रिका जोशीलाई जिम्मेवारी दिएको छ ।

यस्तै जगदम्भिके भगवती मा.वि. खैरेनीमा दिलराज गौतम, बालकन्या मा.वि. कट्टीपुरमा सुशीला देवी कुँवर, कालिका मा.वि. नौनियामा मुना पौडेल, नारायण आधारभूत विद्यालयमा बेलुवामा सुरेन्द्र प्रकाश जैसी, जनता आधारभूत विद्यालय कोइलीभुरुवामा सन्तराम डगौरा थारु र मोहन्याल आधारभूत विद्यालय सुगरखालमा सकोस कुमार डगौरालाई प्र.अ. को जिम्मेवारी दिइएको छ ।

बुधवारको शिक्षा समितिको बैठकले प्र.अ.को जिम्मेवारी बाँडफाँड गरे पनि नियुक्ति पत्र भने दिइएको छैन । केही दिनमा नियुक्ति पत्र दिएर कामकाजमा खटाउने गाउँपालिकाले जनाएको छ । बाँकी रहेका विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. नियुक्तिका लागी पुनः अर्को सूचना आह्वान गर्ने तयारी गाउँ सरकारले थालेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार