भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु

बैतडी । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका –१ गोरङकी १८ बर्षिया सुमिता बिष्टको रहेकी हुन ।

उनीको शनिबार दिउँसो ५ बजे खर काट्ने क्रममा पिनेखोला भन्ने भिरबाट लडेर मृत्यु भएको स्थानीयले बताएका छन्।

भिरबाट लडेर किशोरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। किशोरी श्रीपन्चदेव माध्यमिक विद्यालय रिममा कक्षा १२ मा अध्ययनरत थिइन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार