मुक्तिनाथ तिर्थयात्रामा गएका दुई स्वयंसेवक देवघाटमा बेपत्ता

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका बाट मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन्।

उनीहरु बिहीबार बिहान ७ः३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा पानीमा डुबेर बेपत्ता भएका हुन्।

धनगढी उपमहानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो। यात्राको संयोजन धनगढीको लक्ष्मीनारायण मन्दिरले गरेको थियो।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्राका लागि गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएको समाचार स्रोतमा उल्लेख गरिएको छ ।

नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तिर्थालुहरू भने सकुशल रहेको उनले बताए। पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएका थिए। बेपत्ता दुबै जनाको प्रहरीको टोलीले खोजी गरिरहेको बताइएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार