चाडपर्व लक्षित; सुदूरपश्चिममा सुरक्षा व्यवस्थालाई कडा पारिने

कैलाली । चाडपर्व लक्षित सुदूरपश्चिम प्रदेशभित्र सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। नेपाली हरुको महान चाड वडा दशैं, तिहार तथा छठ पर्व लाई लक्ष्यित गर्दै प्रदेशमा सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ।

चाडपर्वको अवसरमा कुनै पनि प्रकारका सम्भावित आपराधिक घटनाहरु नघटुन भन्दै सुरक्षा व्यवस्था कडा पारिने भएको हो।

प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दशैँ तिहारको समयमा प्रहरीको गस्ती बढाइने छ। ग्रामीण क्षेत्र तथा सीमा नाकाहरुमा प्रहरीको गस्ती बढाइने भएको हो। भारतबाट स्वदेश फर्किने नेपाली सीमा क्षेत्रमा लुटिने लगाएतका घटना हुन सक्ने भएकाले सीमा क्षेत्रमा प्रहरीको सकृयता बढाउने तयारी समेत भइरहेको छ।

ग्रामीण क्षेत्रमा कल–झगडा, चोरी तथा डकैतीका घटना हुन सक्ने भन्दै प्रहरीले गस्ती बढाउने भएको छ।

चाडपर्व लाई लक्ष्यित गर्दै यस वर्ष प्रदेश भर ४ हजार ७१ प्रहरी सुरक्षाका लागि परिचालन गरिने बताइएको छ ।

सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने भएका हुन्। चाडपर्वको समयमा जथाभाबी रूपमा सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई कारबाहीको दायरामा ल्याउनेछ। ट्राफिक प्रहरीको सहयोगमा सवारी चेकजाँचमासमेत कडाइ गरिने भएको हो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार