आदर्श सामुदायिक विद्या मन्दीरका स्काउटका विद्यार्थीहरुलाई दिक्षान्तर गरियो

बर्दगोरिया । श्री आदर्श सामुदायिक विध्या मन्दीर सडकपुर बौनियाका स्काउटका विद्यार्थीहरुलाई मंगलबार दिक्षान्तर गरिएको छ ।

स्काउटका ३२ जना विद्यार्थीलाई मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना सफल ग्रहण गराइ दिक्षा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी रहेका थिए ।

यस्तै विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष गिरीले विद्यार्थीलाई पढाई सङ्गै जिवन उपयोगी अन्य अतिरिक्त क्रियाकलापको समेत ज्ञान हुन जरुरी रहेको बताए । मानिसको शिक्षाको त जहिले नि कमि नै हुन्छ । जति शिक्षा हासिल गर्‍यो त्यति नै हासिल गर्ने मन लाग्छ र आवस्यकता पनि त्यति नै पर्छ । तर त्यो सङ्गै मानव जिवनमा जिवन उपयोगी शिक्षाको पनि त्यति नै महत्व हुन्छ । किताबको ज्ञान सङ्गै मानव जिवनमा आवश्यक पर्ने आध्यात्मिक, भौतिक तथा सिप मुलक ज्ञानको आवश्यकता रहने गर्छ ।

यस्तै बर्दगोरिया गाउँपालिकाको हकमा पहिलो चरण विद्यार्थीलाई किताबको ज्ञान सङ्गै अन्य जिवन उपयोगी ज्ञान दिन एक महत्वपूर्ण कार्य गरेको भन्दै श्री आदर्श सामुदायिक विद्या मन्दिर परिवारलाई धन्यवाद समेत व्यक्त गरे ।

आदर्श सामुदायिक विद्या मन्दिरका प्रीनसिपल विकास थापाको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्या मन्दिरका संस्थापक सालिमान बोहराले राखेका थिए । कार्यक्रमको संचालन विद्या मन्दिरका शिक्षक सुनिल भण्डारीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार