बर्दगोरियाले सुरु गर्‍यो जोशीपुर, भजनी सडक खण्डको मर्मतसम्भार कार्य

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका हुँदै दक्षिण जोशीपुर, भजनी जोड्ने सडकको मर्मतसम्भार कार्य शुरु गरिएको छ ।

उक्त सडक खण्ड अन्तरगत बर्दगोरिया गाउँपालिकाले आफ्नो पालिका भित्र पर्ने सडक खण्डको मर्मतसम्भार कार्य शुरु गरेको हो ।

वर्षातको समयमा परेको पानीले गर्दा सडकमा परेका खाल्डाखुल्डीले गर्दा दैनिक रुपमा आवतजावतमा गर्ने यात्रुहरू निकै समस्या हुने गरेको थियो । सडकमा परेका खाल्डाखुल्डीले गर्दा यात्रुहरुलाई आवतजावत गर्न मात्र समस्या नभई दुर्घटनाको पनि उत्तिकै जोखिम गरेको थियो ।

जसलाई मध्ये नजरगर्दै बर्दगोरिया गाउँपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सडकमा परेका खाल्डाखुल्डी मा ग्राभेल गर्दै रोलरले पेल्दै मर्मतसम्भार कार्य अगाडि बढाएको हो । जसले गर्दा नजिकिदै गरेको चाडपर्वमा समेत हुने दुर्घटनालाई पनि न्यूनीकरण गर्ने बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरीले बताए ।


उक्त सडक मर्मत कार्य बौनिया बजार बाट सुरु गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार