बर्दगोरिया गा.पा. कृषि विकास शाखाले सुरु गर्‍यो आफ्नै भवन बाट सेवा दिन

बर्दगोरिया । बर्दगोरिया कृषि विकास शाखाले बुधबार बाट आफ्नै भवन बाट सेवा दिन सुचारु गरेको छ ।

बर्दगोरिया गाउँपालिकाको भवन निर्माण कार्य पुरा भए सङ्गै शाखाले आज बाट पालिकाको आफ्नै निजि भवन बाट सेवा दिन सुचारु गरेको हो ।

विगत ६ वर्ष देखि पालिकाको आफ्नै भवन नहुदा अरुको घर घरवहाल लिएर कृषकहरुलाई सेवा दिदै आएको कृषि बिकास शाखा अधिकृत झंकर बहादुर रावत बताए ।

उनले भने- ” बर्दगोरिया गाउँपालिकाको आफ्नै भवन नहुदा बाध्यता वस हामीहरू अरुको घर वाहलमा लिई अस्थायी रुपमा स्थानीय कृषकहरुलाई सेवा दिनु परेको थियो । तर अहिले पालिकाको आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि हामीले स्थायी रुपमा आफ्नै कार्यकक्ष बाट सेवा दिन पाएका छौ । आफ्नै भवन नहुदा विगतमा निकै झन्झटिलो रुपमा सेवा दिन बाध्यता थियौं । त्यति मात्र नभई कार्यालयका महत्त्वपूर्ण कागजात हरु पनि कता राख्ने? कसरी राख्ने? भन्ने कुरामा निकै चिन्तित हुने थियौं । तर अब पालिकाको आफ्नै भवनबाट सेवा दिन सुरु गरेपछि उक्त समस्या हरु बाट मुक्त भएका छौं । अब हामीले पालिकाका कृषकहरुलाई पहिलेको भन्दा छिटोछरितो र सहज रुपमा सेवा दिने छौं । “

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार