बर्दगोरिया- ६ मा आँखा चेकजाँच तथा रक्तदान कार्यक्रम सम्पन्न, ३ सय बढीले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजनामा भएको उक्त एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्त दान सफलता पुर्वक सम्पन्न भएको कार्यक्रम संचालक संयोजन हरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यक्रम बाट ३७३ जनाले आँखा चेकजाँच गराई सेवा लिएका छन । जसमा प्रायःजसो जेष्ठ नागरिक हरु रहेको उनले नौलो प्रेस डटकमलाई जानकारी दिए ।

यस्तै सोही कार्यक्रम सँगै संचालन भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रहेका थिए । औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थारुले एक दिने नि:शुल्क आँखा चेकजाँच तथा रक्तदान कार्यक्रमको आयोजना गरि प्रसंशा योग्य काम गरेको भन्दै कार्यक्रम संयोजक चौधरी लाई धन्यवाद व्यक्त गरे । उनले भने- ‘समाजको सेवा र मानवीयताको धर्म निभाउन कुनै पद या कुर्सीको आवश्यकता पर्दैन । त्यसको लागि त निस्वार्थ भाव भए पुग्छ । नत पैसा नै भएर यस्ता कार्यक्रमहरु गर्न सकिन्छ । हुन त आर्थिक स्रोत बिना कुनै पनि प्रकारको समाजसेवा गर्न सकिदैन तर पनि एक स्वच्छ आत्माले निस्वार्थ पुर्ण व्यवहार देखाउन सके उसले आफ्नो लक्ष पुरा गर्न सक्छ । जस अनुरुप आज बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. ले आफ्नो कार्यलाई निस्वार्थ पुर्ण व्यवहार देखाउदै आफ्नो कार्यक्रम सफल पारेको छ । यसमा वडाको तर्फबाट हुने सक्ने जुनसुकै साहयोग पुर्ण रुपले सहयोग गर्ने छ ।”

यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।

शिविरमा ३७३ जनाले आँखा चेकजाँच गराएका थिए । जसमध्ये करिब ६० जना भन्दा बढीलाई मोति बिन्दुको समस्या देखिएको छ ।

मोति बिन्दुको समस्या भएका विरामीहरुको टीकापुर स्थित श्रीकृष्ण आँखा अस्पतालमा शनिबार निःशुल्क रूपमा सल्यक्रिया गरिने आयोजक बर्दगोरिया इभेण्ट एण्ड मार्केटिङ प्रा.ली.का प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार