पथरैया सिचाइ प्रणाली जल उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री पथरैया सिचाइ प्रणाली जल उपभोक्ता संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिहिवार उपभोक्ता समुहका अध्यक्ष जङ्ग बहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रम को प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरी (लाल्दिप) रहेका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलेराम चौधरी, राष्ट्रिय सिचाइ महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर खड्का, पथरैया मोहना सिचाइ व्यवस्थापन कार्यालय धनगढी कैलालीका प्रशुराम महतौ रहेका थिए ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को ९५ लाख १६ हजार ८ सय ४६ रुपैयाँ बराबरको आयव्यय उपभोक्ता समुहका कोषाध्यक्ष रेखा कुमारी चौधरीले प्रस्तुत गरेकी थिइन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार